१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'अर्को पल्ट मरिन्छकी बाँचिन्छ, यस पल्ट भोट हालिन्छ'

पाँचथर- हिलिहाङ ५ का उमेरले सत्तरी काटेका  देविप्रसाद खनाल ‘भोट’ हाल्नका लागि झापावाट पहाड चढे। शनिवार फिदिम आहिपुगका खनाल एक दिन आराम गरेर उनको गाँउ हिलिहाङको सुभाङ पुग्ने छन्। बसाई सरेपनि मतदाता नामावली गाँउमै भएकाले भोट दिनलाईनै बुढेशकाल नभनि पहाड उक्लिए।

                                ‘अर्को पल्ट मरिन्छ की बाचीन्छ, यसपल्ट भोट हालिन्छ। यो चाडनै हो नी’ नागरिकसँग फिदिममा गफिएका खनालले भने – ‘अ‍ैले त गाँउका उम्मेद्वार छन् रे । जो मन पर्छ उसैलाई भोट हाल्ने हो ।’ सदरमुकाम फिदिम देखिपनि करिव तीन घण्टा गाडीमा जानु पर्छ उनको गाँउ पुग्न। भोट दिएर फर्किने उनको योजना छ।

                पिनासिकी ९४ बर्षिय जमुनादेवि प्रसाईसग भोट हाल्ने उस्तै उत्साह छ । भोट हालेर नेतालाई जिताउने उनको रहर छ । चुनाव हुने दिन आउन केहि दिनमात्र बाँकि रहदा मतदान स्थलसम्म पुग्न सक्ने कि नसक्ने भन्ने चिन्ता छ । गाडी नचल्ने हुदा उनलाई यस्तो चिन्ता भएको हो । उहिल्यै देखि भोट लगाएकी प्रसाई हरेक चुनाव उत्सव झै लाग्ने बताउँछिन।

                वृद्धहरुलाई चुनाव प्रति निक्कै उत्साह देखिन्छ । भोट हाल्न निक्कै आतुर देखिन्छन् । अर्को पल्ट के हो के हो यो पल्ट भोट हाल्ने हो भन्ने धेरै देखिन्छन् ।  गाँउ गाँउमा भोट माग्न उत्साहित देखिन्छ। वृद्धाहरुले आफ्नो आस्थाको पार्टीलाई मतदान गर्ने बताउँछन् । क्रस मतदान गर्न हात नलाग्ने बताउँछन्। आफूले अस्था जनाएको पार्टी भन्दा बाहिर मतदिन मन नलाग्ने बताउँछन् । बर्षामास भएपनि चुनावी सभा, जुलुसमा वृद्धवृद्धाहरु निक्कै ठुलो संख्यामा सहभागि हुन्छन् । इतिहास देखिको राजनीतिक नशा अहिलेको स्थानीय तहको निर्वाचनमा देखिदै छ।

                चिया पिउँदै घर दैलोमा चुनावी चर्चामा वृद्धवृद्धा देखिन्छन् । साँध, सिमानाको पिर पनि चुनावमा पोख्ने कतिपयको दाउ छ । गाँउकै उम्मेद्वारहरु भएपनि पार्टी हेरेरै मतदिने मानसिकता धेरैको देखिन्छ। वृद्धवृद्धालाई फकाउन दलहरुले विभिन्न नारा तथा कार्यक्रम अघि सारेका देखिन्छन् । बुढेशकालमा चुनावले तन्नेरी उर्जा दिएको फालेलुङ गाउँपालिकाको याङनामका दलबहादुर केरुङ बताउँछन्।

                चुनावी प्रचारको शिलशिलदेखिनै वृद्ध वृद्धाले निक्कै सक्रियाता देखाएका थिए । उम्मेद्वारहरु आर्शिवाद माग्न पुग्ने गरेका देखिन्थे । आर्शिवाद भोटनै भएको केरुङको बुझाई छ। वृद्धवृद्धालाई मतदान केन्द्रसम्म आउन भने समस्या देखिएको छ । गाडी चलाउन नपाईने भएपछि टाढा–टाढा रहेका मतदान केन्द्रमा पुग्न समस्या हुने भएको हो । बर्षाको बेला हिडेर जान कठिन हुने चिन्ता उनीहरु गरीरहेका छन्। वृद्धहरुका लागि वैकल्पिक व्यवस्था हुन पर्ने उनीहरुको माग रहेको छ।

 

प्रकाशित: ११ असार २०७४ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App