५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

पाल्पाको तीन गाउँपालिकामा एमाले, एकमा कांग्रेस विजयी

पाल्पा- जिल्लाको चार तहको नतिजा सार्वजनिक हुँदा तीनमा नेकपा एमाले र एकमा नेपाली कांग्रेस विजयी भएको छ। निस्दी, तिनाउ र पूर्वखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ भने माथागढी गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।

एमालेका निस्दीमा मुक्तबहादुर सारु, तिनाउमा ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिकामा नुनबहादुर थापा विजयी भएका हुन्। कांग्रेसका सन्तोष थापामगर माथागढी गाउँपालिकामा विजयी भएका हुन्।

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन्। सारुले ५ हजार ३ सय २० मत ल्याएका विजयी भएका हुन्। उपाध्यक्षमा नेकपा एमालेका रिताकुमारी खनाल अर्याल ५ हजार ३ सय ६५ मतका साथ निवार्चित भएकी छिन्। तिनाउको अध्यक्षमा घर्तीले २ हजार ८ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महेन्द्र पाण्डेले २ हजार ७ सय ७ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा एमालेकै दमयन्ती थापाले २ हजार ८ सय ७५ मत ल्याएर विजयी भईन्। उपाध्यक्षमा कांग्रेसकी मन कार्कीले २ हजार ६ सय ८६ मत ल्याएको निर्वाचन अधिकृत चेतराज बरालले बताए।

 पूर्वखोलाको अध्यक्ष नुनबहादुर थापाले ८ हजार ८ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी कांग्रेसका झमानराज मगरले १ हजार ३२ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा एमालेकै भागिरथी भट्टराई निर्वाचित भएकी छिन्। उनले ५ हजार ४ सय ३१ मत प्राप्त गर्दा कांग्रेसकी पुष्षा गाहाले १ हजार १ सय ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोद रखालले बताए। माथागढी गाउँपालिकामा विजयी कांग्रेसका सन्तोष थापा मगरले ६ हजार ९६ मत ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा कांग्रेसकै निर्मला भट्टराईले ५ हजार ६ सय २४ मत ल्याएर विजयी बनिन्।

निस्दी गाउँपालिका अध्यक्ष्यमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शालिकराम पाण्डेले २ हजार २ सय ५६ मत प्राप्त गरेका छन्। उपाध्यक्ष नेकपा माओवादी केन्›का बलबहादुर नेपालीले २ हजार १ सय ८५ मत प्राप्त गरेका छन्। यस गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले गणबन्धन गरेका थिए।

निस्दी गाउँपालिकाका ७ वटा वडा मध्ये २ वटा वडामा नेपाली कांग्रेस र माओवादी केन्› गठबन्धन र अन्य ५ वटा वडामा नेकपा एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद शर्माले बताए। निस्दी गाउँपालिका १ वडा अध्यक्षमा नेपाली कांग्रेसका पूर्ण बहादुर खाँण, वडा नं. २ मा एमालेका पूर्ण बहादुर बाकाबल, वडा नं. ३ मा एमालेका लक्ष्मी प्रसाद पाटा, वडा नं. ४ मा एमालेका न्यो बहादुर सुनारी, वडा नं. ५ मा एमालेका भिम बहादुर बयम्बु, वडा नं. ६ मा एमालेका मेख बहादुर सुनारी, र वडा नं. ७ मा कांग्रेसका गगन सिं सोतीको प्यानल विजयी भएका छन्।

माथागढी अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेका विमल काफ्लेले ४ हजार २१ मत ल्याउँदा उपाध्यक्षमा माया चिदीले ४ हजार १ सय १ मत प्राप्त गरेकी हुन्। यस गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

प्रकाशित: १७ असार २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App