१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोङ गाउँपालिकामा कांग्रेस विजयी

गाउँपालिका अध्यक्ष समशेर राई र उपाध्यक्ष चन्द्रकला राई

इलाम – रोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका समशेर राई ३९ सय १४ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका वृहस्पति खतिवडाले ३६ सय ७२ मत ल्याए । 

उपाध्यक्षमा कांग्रेसकै चन्द्रकला राई ४१ सय १३ मत ल्याएर विजयी भइन् । एमालेकी विष्णुमाया खवासको ३६ सय ६७ मत छ । रोङ गाउँपालिका १ को वडाध्यक्षमा एमालेका बुद्ध ढकाल प्यानलसहित विजयी भए । २ मा कांग्रेसका टेकबहादुर तामाङ प्यानलसहित, ३ मा कांग्रेसका मातृका बराल, ४ मा कांग्रेसका सूर्य राईको प्यानल, ५ मा एमालेका युवराज राईको प्यानल र ६ मा मनीकुमार स्याङ्बो (सुवास)को प्यानल नै विजयी भएको छ ।

अहिले इलामका १० स्थानीय तहमध्ये इलाम, माई, देउमाई र सूर्याेदय नगरपालिका तथा फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । तीनै नगरपालिकामा एमाले र गाउँपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । जिल्लाका सन्दकपुर, माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको नतिजा बिहानसम्ममा आइसकेको छ । 

 

प्रकाशित: १८ असार २०७४ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App