२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पार्टी दर्ता गर्न निर्वाचन आयोगमा राजपाको निवेदन

दल दर्ता गर्न निर्वाचन अायोग पुगेका राजपाका नेताहरु।

काठमाडौं- संविधान संशोधन लगायतका माग राखेर आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र महेन्द्र यादव र अनिल झा लगायतका नेताहरु पार्टी दर्ताको निवेदन लिएर शुक्रबार आयोग पुगेका थिए।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र महेन्द्र यादव र अनिल झा लगायतका नेताहरु पार्टी दर्ताको निवेदन लिएर शुक्रबार आयोग पुगेका थिए।

घोषणापत्रको प्रस्तावनामा गजेन्द्र नारायण सिंह र रामजनम तिवारीको नाम राख्न राजपाका नेताहरु सहमत भएपछि शुक्रबार दिउँसो अनिल झाले पार्टीको विधान, घोषणापत्र र अन्य कागजातमा हस्ताक्षर गर्न सहमत भएका थिए। सिंह र तिवारीको नाम विधानको प्रस्तावनामा राख्नुपर्ने अडान झाले लिएपछि राजपा दर्ता गर्ने कार्यक्रम केहि दिन लम्विएको थियो।

राजपाका महासचिव मनिष सुमनका अनुसार पार्टीको विधानमा नभई घोषणापत्रको प्रस्तावनमा सिंह र तिवारीको नाम राखिएको छ।

आयोगका पदाधिकारीहरुले आवश्यक कारबाही पछि पार्टी दर्ताको प्रमाणपत्र राजपालाई दिने आयोगले जनाएको छ। राजपाले निर्वाचन चिन्ह छाता माग गरेको छ।

राजपाका अध्यक्षमण्डलका एक सदस्य सरतसिंह भण्डारी भारत गएका कारण उनी निर्वाचन आयोग जान सकेनन्।

प्रकाशित: २३ असार २०७४ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App