४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कतारमा पाँच दिनमा दुई नेपालीले ज्यान गुमाए

कतारमा ज्यान गुमाएका खोटाङका सर्वधन सुनुवार र मानबहादुर कट्वाल । तस्बिर: तिलबहादुर खत्रीको फेसबुक

खोटाङ– पाँच दिनको अवधिमा कतारमा खोटाङका दुई युवाको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा कतारमा पुगेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोडेडाँडाका २१ वर्षीय मानबहादुर कट्वालको असार २० गते र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सर्वधन सुनुवारको असार २५ गते मृत्यु भएको हो।

पाँच दिनको अन्तरमा आफ्नो जिल्लाका दुई युवा गुमाउनु परेकामा खोटाङ सेवा समाज दोहा कतारले दुःख व्यक्त गरेको छ। सामान्य जरोको बिरामी बनेका सुनुवारको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले बताए।

पाँच दिनको अन्तरमा आफ्नो जिल्लाका दुई युवा गुमाउनु परेकामा खोटाङ सेवा समाज दोहा कतारले दुःख व्यक्त गरेको छ। सामान्य जरोको बिरामी बनेका सुनुवारको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले बताए।

आईतबार बिहान ज्वरोको औषधि सेवन गरेर काममा गएपछि दिउँसो फर्किएर कोठामा सुतेका सुनुवार पुःन साँझमा काममा जानेक्रममा ओछ्यानमा मृत भेटिएको सँगै रहेका साथीहरुको भनाई छ। काममा हिँड्नेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा उनी मृत फेला परेका थिए । उनको शव हमाद अस्पतालमा राखिएको छ।

१२ वर्षदेखि कतारमा काम गर्दै आएका सुनुवार बेला–बेलामा घर आउने जाने गरेका थिए। उनी पछिल्लोपल्ट असार तेश्रो साता घर आएर कतार फर्किएको वडाध्यक्ष तामाङले जनाए। कतारको श्रम कानून परिवर्तनपछि उनीले ५ महिनाअघि कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थालेका थिए। सुनुवार सेवा समान कतार शाखाको प्रथम उपाध्यक्ष रहेका उनको शव घरैमा ल्याउने तयारी भइरहेको छ।

सुनुवार खोटाङ सेवा समाज दोहा कतारका साधारण सदस्य पनि थिए । यस्तै, कतारको अल मुफ्ता कम्पनीमा कार्यरत रहेको अवस्थामा कट्वालको मृत्यु भएको खोटाङ सेवा समाज दोहा कतारका अध्यक्ष तिलाबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित: २६ असार २०७४ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App