१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्ताए सादगी नेता जोशी

काठमाडौं- नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको ९३ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि निमोनियाबाट ग्रसित जोशीको बिहीबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अल्का अस्पताल भर्ना भएका जोशीको एक सातादेखि ग्रान्डीमा उपचार भइरहेको थियो। २००७ सालको जनक्रान्तिका साक्षी जोशी जीवित इतिहास थिए। उनका समकालीन नेताहरूको देहान्तपछि कांग्रेसको स्थापनाकालदेखिको आरोह अवरोहका साक्षी थोरैमध्ये जोशीमात्र बाँकी थिए।

सन् १९४७ (वि.सं २००३) मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय थिए जोशी। पार्टीको नवौं र दसौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका र १२ औं महाधिवेशनसम्म सक्रिय जोशी १३ औं महाधिवेशनमा पनि सहभागी थिए।

सर्लाही स्थायी घर भएका जोशी अविवाहित थिए। केही समय सर्लाहीमा शिक्षण पेसामा संलग्न जोशीले आफ्नो सम्पूर्ण जीवन कांग्रेस र लोकतान्त्रिक व्यवस्थाका लागि समर्पित गरे। सर्लाहीको मलंगवामा २००४ सालमा पब्लिक मावि स्थापना गरेर जोशी हेडमास्टर बनेका थिए। पार्टी राजनीतिमा लागे पनि 'मास्टर साहेब' ले परिचित जोशी २०४६ मा प्रजातन्त्र पुनर्स्थापनापछि शिक्षकमा पुनर्बहाली भएको सुनाउँदै सोही स्कुलका शिक्षक कौशल किशोर रायले भने, 'त्यसपछि उहाँले राजीनामा गरेर सक्रिय राजनीतिमा लाग्नुभयो।'

सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट २०४८ सालपछि उनी दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। आफ्नो गाउँ ठाउँको विकासका लागि स्थानीयले आग्रह गर्दा जोशीले आफू एउटा क्षेत्र वा जिल्लाको मात्र नेता नभएकाले समग्र देशको विकासमा ध्यान दिनुपर्ने बताउने गर्दथे। आफ्ना लागिभन्दा देशका लागि उनको योगदान महŒवपूर्ण रहेको सुनाउँदै शिक्षक रायले भने, 'आफ्ना लागि उहाँले कहिल्यै केही सोच्नुभएन, सधैँ देश र जनताको भलाइका लागि काम गर्नुभयो।'

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी संस्थापक नेता जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। 'संस्थापक नेताको निधनले म अत्यन्त दुखित भएको छु', उनले टि्वट गरेेका छन्, 'उहाँको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारप्रति समवेदना।' 

त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसको स्थापना र २००७ सालको क्रान्तिमा जोशीको अग्रणी भूमिका रहेको स्मरण गरे। 'एउटा इतिहास हामी माझबाट बिलाएको छ', पौडेलले नागरिकसँग भने, 'पार्टी स्थापना हुँदा विद्यार्थीको रूपमा सक्रिय जोशी कांग्रेस र लोकतन्त्रलाई सुदृढ बनाउन अविचलितरूपमा सधैं सक्रिय हुनुभयो।'

लोकतान्त्रिक मूल्य मान्यता, आदर्श र निष्ठामा अविचलित सादगी नेताका रूपमा स्मरण गर्दै पौडेलले भने, 'जोशीजी स्वच्छ, निष्ठा र आदर्शका पर्याय हुनुहुन्थ्यो।'

जोशीको पार्थीव शरीर शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखेर अन्तिम संस्कार गर्ने तयारी भइरहे पनि परिवारका सदस्यहरूले मानेका छैनन्। जीवनको अन्तिम समयमा नेता जोशीले आफूलाई केही पनि नचाहिएको भनेकाले पार्टी केन्द्रीय कार्यालयमा नराख्न जोशीलाई हेर्दै आएका भतिजा विष्णुले भने पनि कांग्रेस नेताले त्यसलाई अस्वीकार गरेका छन्।

जोशी कांग्रेस र मुलुककै सम्पत्ति भएको जनाउँदै पार्टी नेता पौडेलले भने, 'उहाँ हाम्रो सम्पत्ति हो। सबैले उहाँलाई सम्मान गर्न पाउनुपर्छ। त्यही कुरा भएको छ।'

पार्टी मुख्य सचिव कृष्ण पौडेलले उनको उपचार खर्च सबै पार्टीले व्यहोरेको जनाउँदै अन्तिम संस्कारसहित श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राख्ने विषयमा कुरा भइरहेको बताए।

केही महिनाअघि नागरिकर्मीसँग भएको भेटमा पार्टीमा मौलाएको गुटबन्दी र मधेस समस्याप्रति चिन्ता व्यक्त गरेका जोशीले मधेस समस्या समाधान नहुँदा देश नै कमजोर बन्न पुगेको सुनाएका थिए। नेता र कार्यकर्ता कांग्रेस बिर्सेर गुटमात्र सम्झेकोमा उनी चिन्तित देखिन्थे। युवा पिंढी पनि नेता र केन्›मुखी राजनीतिमै होमिएकाले पार्टीमा थप संकट बढेको जोशीको बुझाइ थियो। २०३३ सालतिर बिपीले व्यक्त गरेको चिन्ता प्रजातन्त्र आएपछि सुकिला मुकिलाको वर्चस्व बढ्ने कुरा अहिले सावित भएको सुनाउँदै जोशीले चाकरी, चाप्लुसीका पछाडि दौडिने अहिलेको प्रवृत्तिले निष्ठावान् कार्यकर्ताको मूल्यांकन हुन नसक्ने उनको बुझाइ थियो।

सन् १९४७ को जनवरी २५ का दिन, कलकत्तामा कर्फ्यु लागेकै बेला भवानीपुरस्थित खाल्सा हाइस्कुलमा नेपाल र भारतका करिब एक सय प्रतिनिधिबीच नेपाली राष्ट्रिय कांग्रेसको घोषणा भएको उनले सुनाएका थिए। २००७ सालको क्रान्ति एक सय चार वर्षे जहानिया“ राणाशासन फाल्न र प्रजातन्त्र तथा नागरिक अधिकार स्थापना गर्न सिंगो देश र जनता एकजुट भएर गरेको नेपालको पहिलो क्रान्ति थियो। यस क्रान्तिले एक शताब्दीसम्म जरा गाडेर बसेको राणाशासन ढल्यो, देशमा प्रजातन्त्र स्थापनास“गै जनताले आफूलाई नागरिकको दर्जामा उभ्याए र नेपाल नया“ युगमा प्रवेश गरेको उनले सुनाएका थिए।

क्रान्तिको आधारभूमिचाहि“ २२ जेठ १९९३ मा टंकप्रसाद आचार्य, दशरथचन्द ठकुरी, धर्मभक्त माथेमा, रामहरि शर्मा, जीवराज शर्मा आदिले नेपाल प्रजा–परिÈद् नामको पार्टीको गठन गरेपछि नै तयार भएको हो। १९९७ माघमा प्रजा–परिÈद्का चार नेता शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द ठकुरी र धर्मभक्त माथेमाको हत्यापछि राणाविरुद्ध जनविद्रोहको राप फैलि“दै गयो। २००७ कात्तिकमा नेपाली कांग्रेसले राणाशासन फाल्न सशस्त्र क्रान्ति सुरु गरेपछि सबै यसमा सामेल भएको उनको बुझाइ थियो। जनक्रान्तिले ल्याएको सबैभन्दा ठूलो उपलब्धि जनताले प्राप्त गरेको राजनीतिक र नागरिक स्वतन्त्रता थियो। तर, जनताले स्वतन्त्रताको उपभोग गर्न नपाउ“दै तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जनताको उपलब्धिमाथि धावा बोले। राणाशासनको पतनपछि देशलेे अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूलो फड्को मारेको जोशीको बुझाइ थियो।

प्रकाशित: ३० असार २०७४ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App