साउने झरीमा...

शनिबार, ३१ असार २०७४, ०९ : २३ अमृत भादगाउँले


सूर्यले गति परिवर्तन गरेको समयका हिसाबले नेपाली समूदाय तीनवटा संक्रान्तिलाई बिशेष महत्व दिन्छ, वैशाख संक्रान्ति, माघे संक्रान्ति र साउने संक्रान्तिलाई । साउनमा सूर्य उत्तरबाट दक्षिणतिर लाग्छन् । 

कृषि प्रधान देशमा असारे रोपाइँ सकेपछि आउने सँक्रान्तिलाई धुमधामसँग मनाईन्छ । त्यसै त हरेक सँक्रान्ति आशा र उत्साह बोकेर आउँछन् । साउन त मध्य हरियालीमा आउँछ । अध्यात्मका ज्ञाता डा. माधव भट्टराई भन्छन्, ‘प्रकृतिसँग अझै निकट गराउँछ साउनले ।’  

खेतमा गाँजिदै गरेको रोपो हेरेर साउनमा किसान मुस्कुराउँछन् । भगवान शिवको प्रिय महिना साउनले प्रकृतिसँग नजिक्याउँछ ।   

खेतमा गाँजिदै गरेको रोपो हेरेर किसान मुस्कुराउँछन् । साउनले आध्यात्मिक भावना जगाउँछ । महिला हरियो चुरा र हरियै पहिरन लगाउँछन् । सोमबार शिवको ब्रत बस्छन् । कतिपयले साउन महिनाभर मासु र मदिरा सेवन गर्दैनन् ।  

भट्टराईका अनुसार शिवलाई जलधारा मन पर्छ किनकि उनको घाँटीमा समुन्द्र मन्थनबाट निस्केको कालकुट बिष रहेको विश्वास गरिन्छ । जलधारा हुँदा त्यो विषको पिडा कम हुन्छ । साउनमा आकाशबाट पानी धेरै पर्छ । त्यही भएर साउन शिवलाई मन परेको । 

साउन १५ मा खिर खाने चलन छ । हरियो घाँसको छेलोखेलो हुने भएकाले गाई भैंसीले दूध धेरै दिन्छन् । त्यही भएर खिर खाने चलन बसेको भट्टराईको अनुमान छ । नेपाली संस्कृति कृषिसँग जोडिएको छ ।      

साउने सोमबार तिर्थालुहरु शिवालयमा पवित्र जल चढाउँछन् । कतिपय ठाउँमा बोल बम यात्रा गरिन्छ । काठमाडौं, धरान र तराई क्षेत्रमा बोल बम यात्रीको बाक्लो भिड लाग्छ । गेरु बस्त्र लगाएर कुनै लोभ लालचमा नपरी शुद्ध तन र मनले बोल बम यात्रा गर्दा तिर्थालुको मनमा शान्ति मिल्छ ।   

चालीसको दशक सुरु देखि धरानबाट बोलबम यात्रा सुरु भएको मानिन्छ । सनातन धर्म सेवा समितिको अगुवाईमा चतरास्थित कोशीको जल पिण्डेश्वरमा चढाएर बोलबम यात्रा सुरु गरिएको धराने पर्यटनका ज्ञाता बासुदेव बराल बताउँछन् । पचासको दशकदेखि सुन्दरीजलको जल पशुपतिनाथमा चढाएर काठमाडौंमा बोलबम यात्रा थालिएको थियो।

त्यति मात्र होइन, साउन सृजनाको महिना पनि हो । साउने झरिमा मन भावुक बन्छ । त्यसैले त कविहरुले नयाँ नयाँ सृजना गर्छन ।   

लुतो फाल्ने ?
गाउँघरतिर साउने सँक्रान्तिका दिन लुतो फ्याँक्ने चलन छ । खेतबारीको हिलोमा लामो समय काम गरेपछि लुतो लगायत रोगबाट जोगिन लुतो फयाँक्ने चलन छ । बिशेषतः साँझ कुकुरडाइनो, भलायो, कुरिलो आदि जडीबुटी बालेर आँगनबाट चारै दिशामा अगुल्टो फयाँक्ने चलन छ ।   

अध्यात्मका ज्ञाता डा. माधव भट्टराईका अनुसार साँकेतिक रुपमा लुतो फाल्ने चलन बसेको हो । ‘सँक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरेर साँझ लुतो फयाँकिन्छ’, उनले भने, ‘कुनै चर्म रोग नलागोस् भनेर लुतो पयाँक्ने चलन बसेको हो ।’ त्यही दिन कण्डारक  देवताको पूजा गरिन्छ । शहरीकरणले छोएका गाउँ–सहरमा लुतो फयाँक्ने चलन हराई सक्यो । कतिपय गाउँघरतिर त्यो संस्कृति जिवितै छ । 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...

नेवारी सिर्जनालाई ‘पिपल्स च्वाइस अवार्ड’

पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेस्रो संस्करण आइतबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । ने.सं. ११३३ देखि ने.सं. ११३७...

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...