१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

नयाँ दिल्ली – उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ । 

प्रान्तीय राजधानी सिमलाबाट १२० किलोमिटर टाढा पर्ने रामपुरनजिकै राष्ट्रिय राजमार्ग नं ५ मा सो दुर्घटना भएको थियो । चालकले नियन्त्रण गुमाएका कारण सो बस खोँचमा खसेको जनाइएको छ। 

यस बसमा चालक र सहायकसहित ४० भन्दाबढी व्यक्ति सवार रहेका जनाइएको छ । सो क्षेत्र एक पहाडी अप्ठेरोमा रहेकोले बारम्बार यस्ता दुर्घटना हुने गरेको अर्को एक समाचारमा जनाइएको छ । 

यस घटनाको अनुसन्धान सुरु भएको एकजना वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन्। 

प्रकाशित: ५ श्रावण २०७४ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App