१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साउनमा आगो नबालिने दिङबुचे गाउँ

सोलुखुम्बुको दिङबुचे गाउँ। तस्बिर: राधा ढुंगाना

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय क्षेत्र दिङबुचे गाउँमा साउन महिनाभरी कुनै पनि घरमा आगो बालिँदैन। यस गाउँका स्थानीयले हरेक वर्षको साउन महिनामा आगो बाल्ने गरेका छैनन। अघिल्ला वर्षहरुमा जस्तै यस बर्ष पनि साउन महिनाभरी सोलुखुम्बुको खुम्जुङ स्थीत दिङबुचे गाउँ अग्नीमुक्त भएको छ। साउन महिना भर आगो नबाल्ने यस गाउँको परम्परागत संस्कार रहँदै आएको छ। वर्षौदेखिको संस्कारलाई यस बर्ष पनि निरन्तरता दिदै स्थानीयहरुले साउनभरी आगो नबाल्ने भएका छन्।

खुम्बु पदमार्गको पर्यटकीय गाउँको रुपमा चिनिने दिङबुचेमा यस महिना मानिस समेत नबस्ने गरेको स्थानीय ब्यबसायी गेलु शेर्पाले बताए। उनी भन्छन्, ‘पहिलेदेखि नै यहाँ यस्तै चलन छ, साउन महिनाभरी कसैको घरमा आगो बालिदैन।’

सुरुसुरुमा आगो बाल्दा हिमाली भेगमा लगाएको आलु, उवा जस्ता अन्नलाइ धुवाँले असर गर्छ भन्ने मान्यताले यस महिना आगो नबाल्ने गरेको भए पनि यो अहिले गाउँको संस्कारकै रुपमा विकास भएको स्थानीय अगुवाहरुको भनाइ छ ।

आगो बाल्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएकाले यस महिना उक्त गाउँमा मानिस समेत नबस्ने गरेको अर्का स्थानीय पेमा शेर्पाको भनाइ छ। शेर्पा भन्छिन, ‘पहिले आगो बाल्दा कृषकले बालीलाई धुवाँले असर गर्छ भनेर आगो बालीदैनथ्यो, अहिले त्यहि कुरा संस्कार पो बन्दै गयो।’

साउनको पहिलो हप्ताबाट गाउँका सबै घरमा ताला लगाएर यहाँका सर्वसाधरणहरु नाम्चे लगायत अन्यत्र जाने गर्दछन् । भदौ लागे संगै पर्यटकीय सिजन पनि सुरु हुने भएकाले भदौ एक गतेबाट मात्रै गाउँमा चहलपहल हुने गर्दछ । अहिले यस गाउँमा आलु, उवा खेती लगाईन्छ । करिब ५० घर परिवार रहेको उक्त गाउँमा वर्षौदेखि यस्तो प्रचलन रहि आएको मानिन्छ।

 

प्रकाशित: २२ श्रावण २०७४ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App