१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ड. केसीको सर्मथनमा जाजरकोटका डाक्टरहरूद्वारा सरकारी कक्ष बहिस्कार

डा.केसीको समर्थन र सरकारी वेवास्ताको विरोधमा जाजरकोट अस्पतालका चिकित्सकहरू अस्पतालको आँगनमा बिरामी जाँच गर्दै । तस्बिर : जनक केसी

जाजरकोट – चिकित्सा शिक्षामा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा जाजरकोटका चिकित्सकहरूले विहीबार सरकारी कक्ष  बहिस्कार गरेका छन् । डाक्टर केसीको माग प्रति सरकार उदासिन भएको भन्दै उनीहरूले अस्पतालको आँगनमा बसेर बिरामीको चेकजाँच गरेका छन्। 

त्यस्तै उनीहरूले केसीको माग सम्वोधन नगर्ने सरकारको विरुद्ध सरकारी छाप भएका पुर्जाहरु पनि प्रयोग नगर्ने र सरकारले तोकेको विरामी पुर्जीको शुल्क पनि नलिएर  बिरामीको उपचार गरेका छन् । हातमा कालो पट्टी बाँधेर जिल्ला अस्पतालका डाक्टरहरूले साधा कापीमा बिरामीको नाम दर्ता र औषधीको सिफारिस लेख्ने काम गरेका छन् । डा.केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै आफूहरूले डा. केसीको समर्थन र सरकारी वेवास्ताको विरोध स्वरुप कालो पट्टी बाँधेर यस्तो काम गरेको जिल्ला अस्पताल जाजरकोटका निमित्त मेसु डा. चाँदनी जैसवालले बताइन्।

जुन सरसकारले जनताको हितमा बोल्ने व्यक्तिको माग सुनुवाइ नै गर्दैन उसका लागि किन राजस्व उठाउने भनेर पुर्जी सेवा निशुल्क गरेको उनले बताइन् । सरकारबाट डा.केसीको माग पुरा गर्ने संकेत नदेखिए अस्पतालका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रने जिल्ला अस्पताल जाजरकोटका डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए।

आम चिकित्सा क्षेत्रको सुधार एवम् विकृति अन्त्यका लागि डा.केसीको आन्दोलन सफल पार्न आफूहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनले बताए । डा. केसीको समर्थन र सरकारी वेवास्ताको विरोध गर्दै जाजरकोट अस्पताल लगायत सवै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले विभिन्न विरोधका तरीकाहरू अपनाएका छन्। 

डा.केसीले उठाएको माग जनता राष्ट्र र चिकित्सा क्षेत्रमा रहेका इमान्दार व्यक्तिहरुको हितमा रहेकोले उनको आन्दोलनमा सबैको साथ हुनु पर्ने उनीहरू बताउँछन् । भावी पुस्ता र देशको राम्रो स्वास्थ्य व्यवस्था निर्माणका लागि डा. केसीको आन्दोलन सफल हुनै पर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित: २६ श्रावण २०७४ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App