४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

काठमाडौँ – डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्। 

सत्याग्राही अभियन्ताको ज्यानै जोखिममा पर्दासमेत सरकार संवेदनहीन बनेको भन्दै डाक्टरहरूले सेवा छोडेका हुन्। सरकारी चिकित्सक संघ (गोडान), रेजिडेन्ट डाक्टर एसोसिएशन अफ नामस्, नेशनल डाक्टर रेजिडेन्ट डाक्टर एसोसिएशन लगायतका संघसस्थाको आह्वानमा आजदेखि देशभरका सरकारी अस्पताका आकस्मिक बाहेकका सेवा बन्द भएको हो।

चिकित्सकहरूले माथेमा प्रतिवेदन अनुसार चिकित्सा ऐन तत्काल पारित गरी डा.केसीको माग पुरा नगरेसम्म काममा नफर्कने घोषणा गरेका छन् । यसैबीच चिकित्सक संघले समेत जबरजस्ती माथेमा प्रतिवेदनको भावना विपरित विहीबार संसदीय उपसिमितबाट पारित विधेयक फिर्ता नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ। 

डा. केसीको स्वास्थ्य निकै जोखिममा परेको विहीबारै स्वास्थ्य मन्त्रालयले संसदीय समितिलाई समेत जानकारी गराइसकेको छ।  

 

प्रकाशित: २७ श्रावण २०७४ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App