अलग यात्री

विपन्न बालबालिकाकी 'आमा'

शुक्रबार, २७ साउन २०७४, १४ : ३६ शिवहरि घिमिरे  | @shivsamir


सँगैका साथीहरू मोजमस्तीमा रमाइरहदा प्रकृति गौतमले भने फरक परिचय बनाएकी छिन्। उमेरले सानै भएपनि व्यवहारले पक्का गौतम विवाहअघि नै केही बालबालिकाका लागि आमासरह बनेकी छिन्। लगनशीलता र फरक सोचका कारण उनी आफ्ना दौतरीभन्दा भिन्न जिम्मेवारी बहन गर्न सक्ने भएकी हुन्। अहिले प्रकृतिले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई आफ्नै खर्चमा पढाइरहेकी छिन्।

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

उनी शिक्षाको ज्योतीबाट बञ्चित बालबालिका खोज्छिन् र तिनलाई विद्यालयसम्म पुर्‍याउँछिन्। आर्थिक अभावले शिक्षाको पहुँचबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने मात्र होइन, उनीहरूको शुल्क समेत तिरिदिन्छन्।

भविश्य उज्ज्वल बनाउने सपना साँचेर काठमाडौंका आएका धेरै बालबालिका स्कुलसम्म पुग्न नसकेको देखेर उनको मन खिन्न हुन्थ्यो। सानैदेखि उनलाई यस्ता बालबालिकालाई स्कुलको दैलोसम्म पुर्‍याइदिन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

उनी गाउँबाट काठमाडौं आएका एकल महिला र गरिब समुदायका बालबालिकालाई स्कुलसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर घन्टौ टोलाउँथिन्। तीन वर्षअघिदेखि भने उनी बालबालिकालाई स्कुल पुर्‍याउने विषयमा मात्र चिन्तित छैनन्, हरेक महिना कसैको मासिक शुल्क तिर्न छुट्ट्यो की भनेर समेत चिन्ता गर्छिन्।

सुरुमा उनले सात जना असहाय बालबालिकालाई स्कुलमा भर्ना गराइन्। अहिले उनीले आफ्नै खर्चमा १७ जना बालबालिकालाई पढाइरहेकी छिन्।

२५ वर्षीय उनले स्कुलसम्म पुग्न नपाएका बालबालिकालाई स्कुलसम्म पुर्‍याएकी मात्र छैनन्, उनीहरूको परिवारलाई समेत रेखदेख गरेकी छिन्।

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

'हामी धेरै पढेर शिक्षित भयौं भन्छौं,' उनी भन्छिन्, 'पढेको ज्ञान र बुद्धिलाई सही ठाउँमा प्रयोग गर्न सक्दैनौं भने त्यसको कुनै महत्व हुदैन।'

दुःखी/असहायलाई सानैदेखि सेवा गर्न चाहने उनी सानै भएपनि सेवा गर्न पाउँदा खुसी छिन्। 'म सुगम ठाउँमा जन्मिए पनि धेरै दुःख भोगेकी छु, काम र पढाइको शिलशिलामा धेरै ठाउँमा घुमेकी छु,' उनी भन्छिन्, 'आफूले घुमेका ठाउँमा कसैले दुःख पाएको देख्दा सहयोग गर्न मन लाग्छ।'

काठमाडौंमै हुर्किएकी उनले काम र पढाइका लागि विदेश र उपत्यका बाहिर जाने मौका पाइन्। एक जलविद्युत कम्पनीमा काम गर्ने उनी आफूले कमाएको केही रकम गरिब र असहाय बालबालिकाका लागि खर्चिदै आएकी छिन्।

'धेरैले भन्छन् काठमाडौंमा जन्मिएका मान्छे सुखी हुन्छन्,' उनी भन्छिन्, 'तर मैले अरु ठाउँका असहाय मानिसको दैनिकी बुझ्न पाएकोले काठमाडौं नै सबथोक हो जस्तो लाग्दैन, बाहिरबाट आएका दुःखीलाई सेवा गर्ने इच्छा लाग्छ।' 

उनले महेन्द्र माध्यमिक विद्यालय एकान्तकुना, सिद्धेश्वर स्कुल शान्तिनगर, भृकुटी मावि एकान्तकुनालगायत विद्यालयमा अध्ययन गर्ने बालबालिकाको मासिक शुल्क र शैक्षिक सामाग्रीको व्यवस्था गरिदिएकी छिन्।

'३० जनासम्मलाई पढाउने सोच छ,' उनी भन्छिन्, 'हुनेले नहुनेलाई सहयोग गर्ने हो भने हाम्रो समाज पनि माथि उठ्थ्यो होला ।'









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन्...

थरिथरि भाका, थरिथरि सन्देश

थरिथरि भाका, थरिथरि सन्देश

तीज आउन अझै केही दिन बाँकी छ। तर, तीजका गीत भने महिनाअघि नै घन्किन थालिसकेका छन्। महिनाअघि घन्किन थालेका तीज...

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

अविरल वर्षाका कारण तराईमा भएको डुबानले पीडितको सहयोगार्थ गायक तथा संगीतकार दीप श्रेष्ठ शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा गुञ्जिने भएका छन्। 'विकेन्ड...

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र...