१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका पाँच मन्त्रीद्वारा राजिनामा

नयाँ दिल्ली – भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका छन् ।  केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला उनीहरूको राजिनामा दिएका हुन्। 

राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्। 

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा पनि उनले वर्तमान मन्त्रिमण्डलको पुनर्गठनको कुरा गरेका थिए। 

उनीहरूबीच भएको भनिएको सो भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजिनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएको छ

प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ । उक्त मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजिनामा मागिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ । सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजिनामा मागिएको स्रोतको भनाई छ। 

प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने विचार राखेका छन् । यसका लागि पार्टीको संगठन बलियो बनाउनेतिर मोदी लाग्ने अनुमान पनि गरिएको छ । 

प्रकाशित: १६ भाद्र २०७४ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App