१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

जाजरकोट– जिल्लाको एक विद्यालयमा दुई जनाले प्रधानाध्यापक भएर काम गरिरहेको भेटिएको छ । एउटै विद्यालयमा व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले छुट्टाछुट्टै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपछि यस्तो भएको हो ।

जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रा स्थित बाल माध्यामिक झाप्रामा शिक्षकहरू बीचको झगडा र शिक्षा कार्यालयको कमजोरीका कारण एउटै विद्यालयमा दुई व्यक्ति प्रधानाध्यापक भएका हुन् । तत्कालीन प्रधानाध्यापक प्रतिमा थपलियाको जिल्ला बाहिर सरुवा भएपछि लामो समय रिक्त रहेको उक्त पदमा शिक्षा कार्यालयले साउन २२ गते विद्यालय व्यवस्थापन समितिलाई स्थायी शिक्षकहरू मध्येबाट एक जनाको नाम प्रधानाध्यापक नियुक्तिका लागि सिफारीस गर्नु भनेर पत्र पठाएपनि समितिले कार्यालयको पत्रको वेवास्ता गर्दै ११ र १२को अनुदान कोटामा कार्यरत शिक्षक पृथ्वीबहादुर सिंहलाई साउन २६ गते प्रधानाध्यापक पदका लागि शिक्षा कार्यालयमा सिफारिस गर्ने निर्णय ग¥यो ।

व्यवस्थापन समितिले गरेको निर्णय नियम संगत नभएको भन्दै शिक्षा कार्यालयले माध्यामिक तह राहत शिक्षक पदमा कार्यरत विनोदकुमार शाहीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । विगतमा साविकको उच्च माध्यमिक तहमा निजी श्रोतमा कार्यरत हुँदा उच्च मावि तर्फको संयोजक बनाइएका सिहंलाई व्यवस्थापन समितिले प्रधानाध्यापक बनाएपनि शिक्षा कार्यालयले भने स्वीकार गरेको छैन ।

शिक्षा ऐन अनुसार माध्यमिक तहको प्रधानाध्यापकमा सम्बन्धित तहको स्थायी नभएको सोही तहको अस्थायी सो पनि नभए तल्लो तहको स्थायी शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ । बाल माध्यामिक विद्यालयमा हाल माध्यामिक तहमा कोही पनि स्थायी शिक्षक नभएको र साविकको निमावि तहमा तीन जना स्थायी शिक्षकहरू बद्रीनाथ योगी, भक्तबहादुर खत्री र कुलानन्द चौधरी रहेकोले कार्यालयले ति तीन जनामध्ये एकलाई प्रधानाध्यापक नियुक्त गर्न गरेको पत्राचारलाई विद्यालय व्यवस्थापन समितिले लत्याइदिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तवहादुर थापाले विद्यालयको हित र सवैको सल्लाहमा पृथ्वीबहादुर सिंहलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको बताए । उनले शिक्षा कार्यालयले किन आफुहरूको निर्णय मानेन् भन्ने थाहा नभएको बताए । हामीले निर्णय गरेको प्रधानाध्यापक पृथ्वीबहादुर सिंह नै हो अध्यक्ष थापाले भने ।

विद्यालयमा प्रधानाध्यापक र अन्य विषयमा विवाद भइरहदा गत चार वर्ष देखि चार कोठे  भवन निर्माण अलपत्र परेको र पठनपाठन पनि गतिलो नभकएको कक्षा १० का लोकेन्द्र भारतीले बताए । उनले विद्यालय भवन नहँुदा धेरै विद्यार्थीहरू एउटै कोठामा भेडाबाख्रा जस्तो गरेर बस्नु परेको बताए । भवन निर्माणको जिम्मा पृथ्वीबहादुर सिंहले चार वर्ष अघि लिएका थिए । शिक्षकहरूको विवाद र भवन अभावले आफूहरूको पढाइमा ठूलो बाधा पुगेपनि सरोकारवालाहरू मौन रहेको कक्षा ८ का ललित सिंहले  गुनासो गरे ।

उता जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले विद्यालयको प्रधानाध्यापक बिनोदकुमार शाही नै भएको बताए । उनले विद्यालय व्यवस्थापन समितिको गलत निर्णय र केही बदमास शिक्षकहरूको बदमासीका कारण विद्यालयमा समस्या बढ्दै गएको बताए । आफूले राम्रो काम पनि नगर्ने र कार्यालयले दिएको निर्देशन पनि नमान्ने विषय र शिक्षकहरूको कारण विद्यार्थीको पढाइमा बाधा पुगेको जिशिअ सिंहले बताए । 

प्रकाशित: १९ भाद्र २०७४ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App