१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

एनमएका पदाधिकारीलाई सम्मान गर्दै टानका सदस्य । तस्बिर : अर्जुन तामाङ

काठमाडौं – पर्यटन सरोकारवाला संस्थाबीच सामूहिक प्रतिबद्धता भए मात्रै नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ बाटो तय हुने सरोकारवालाहरूले बताएका छन् । पर्यटन सम्बध संस्थाबीच टाढाभन्दा पनि साझा मुद्दामा ऐक्यवद्धता सहितको प्रतिबद्धता हुनु पर्ने उनीहरूको भनाइ छ । 

टे«किङ एजेन्सिज् एसोसिएशन अफ नेपाल (टान)ले नेपाल पर्वतारोहण संघ(एनएमए) र नेपाल र्‍याफ्टिङ एसोसिएशन (नारा) का नवनिर्वाचित पदाधिकारीलाई बधाई कार्यक्रममा पर्यटनकर्मीले सो धारणा राखेका हुन् ।

टानका अध्यक्ष चन्द्र रिजालले विगतको कमी कमजोरीलाई सच्याउँदै नयाँ ढंगबाट पर्यटन गन्तव्यको समन्वयात्मक रुपमा प्रवद्र्धन गर्नु पर्ने बताए । ‘मौखिक सहकार्यभन्दा पनि कार्यगत एकता र पारदर्शी काम गर्नु पर्ने आजको आवश्यकता हो । बधाई कार्यक्रम औपचारिकता मात्रै होइन । टान र एनएमएबीचको संस्थागत मैत्रीपूर्ण सम्मान हो ।’ अध्यक्ष रिजालले भने,‘टान र एनएमएको सहकार्य र सम्झौताले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रमा नयाँ धार तय गरेको छ । यसका लागि नयाँ पदाधिकारीले प्रभावकारी ढंगबाट जिम्मेवारी निभाउनु पर्छ ।’

बधाई कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सन्तबीर लामाले दुवै संस्थाहरू नेपालको पदमार्गसँगै पर्वतीय पर्यटनका लागि एक अर्कामा अन्तरनिहित संस्था भएको बताए । 

एनएमए अन्तराष्ट्रिय अलपाइन संस्थासँग सहकार्य गर्ने आधिकारिक संस्था भएका कारण टानको पर्यटन प्रवद्र्धनको कार्यक्रममा साझेदारी गर्न तयार रहेको अध्यक्ष लामाको भनाइ थियो ।

‘नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा एनएमएको पहिलो भूमिका रहन्छ । पर्वतीय पर्यटनमा सयौंको संख्यामा पोर्टल, गाइड, व्यवसायी रहेकाछन् । सबैको साझा संस्थाको रुपमा विकास गर्दै पेशागत हक हितका लागि लागिपर्ने छु,’ उनले भने ।

नाराका नवनिर्वाचित अध्यक्ष निम बहादुर मगरले र्‍याफ्टिङको क्षेत्रमा टानसँग अनिवार्य सहकार्य हुने बताए । ‘जलयात्रा गर्नका लागि पहिलो ट्रेकिङ रुट हो । ट्रेकिङ रुटबिना जलयात्रा सम्भव छैन,’ उनले भने,‘जल यात्राको प्रवद्र्धन ट्रेकिङ एजेन्सिज्बाट नै हुन्छ ।’ 

टानका महासचिव कर्णबहादुर लामाले नेपालको पर्यटन प्रवद्र्धन हिमाल, ट्रेकिङ रुट, र्‍याफ्टिङ मात्रै देखाएर गरेर नहुने बताए । ‘साझा एजेण्डा र मुद्दा भएका संस्थाबीच कार्यगत समन्वय हुनु पर्छ’ महासचिव लामाले भने,‘सामूहिक एकता, सामूहिक प्रवद्र्धन र नेपालको पर्यटनमा गौरव महशुस गराउनु छ।’ 

 

प्रकाशित: २८ भाद्र २०७४ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App