'कानुनी प्रक्रिया नपुर्‍याई जग्गा खरिद'

बिहिबार, २९ भदौ २०७४, ०७ : ५५ दिलीप पौडेल


काठमाडौं- नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं कमिसन खाने उद्देश्यले प्रचलित कानुनी प्रक्रिया मिचेर जग्गा खरिद गरेको तथ्य भेटिएको छ । निगमले विनियमावली र सार्वजनिक खरिद ऐनअनुसार जग्गा किनेको दाबी गरे पनि जग्गा खरिद गर्दा अवलम्बन गरेको कानुनी बाटो त्रुटिपूर्ण रहेको सार्वजनिक अनुगमन कार्यालयले जनाएको छ ।

जग्गा प्राप्ति ऐन–२०३४ मिचेको निगमले सार्वजनिक खरिद ऐनको दफा ७५ (२) विपरीत जग्गा खरिद गरेको पाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीले बताए ।

‘यो विकल्प अवलम्बन गरेर नभएको अवस्थामा मात्र अर्को विकल्पमा जान सकिन्छ,’ केसीलाई उधृृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘बोर्डको मनसाय भने जग्गा प्राप्तिमा जाऊँ भन्ने छ ।’ केसीले जग्गा प्राप्तिसम्बन्धी ऐन छुट्टै भएकाले खरिद ऐनअन्तर्गत जग्गा खरिदको विषय नपर्ने स्पष्ट पारेका छन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा केसीले यस्तो बताएका हुन् । सार्वजनिक खरिद ऐन २(क) ले परिभाषा गरेअनुसार खरिद भन्नाले कुनै मालसामान, परामर्श सेवा, निर्माण कार्य र अन्य सेवाको खरिदलाई जनाउँछ । ‘खरिद ऐनले यीबाहेक जग्गा खरिदलाई समेट्दैन,’ सचिव केसीले भनेका छन् । सरकारी स्वामित्वको संस्थाले जग्गा किन्नु खरिद नभई प्राप्तिको विषय भएको केसीले स्पष्ट पारेका छन् । सार्वजनिक अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको निकाय हो ।

निगमले चितवन, भैरहवा, झापा, सर्लाहीमा बोलपत्र आह्वान गरी जग्गा खरिद गरेको थियो । निगमले विगतमा निजी क्षेत्रबाटै टेन्डरमा जग्गा खरिद गरेको बताउँदै आएको छ । तर पोखरामा निगमको डिपोका लागि सरकारी जग्गा अधिग्रहण गरेको नजिर छ । त्यसैगरी अमलेखगन्ज डिपोका लागि पनि संसदीय समितिले सरकारी जग्गा प्राप्तिका लागि पहल गर्न निर्देशन दिँदा निगमले निजी जग्गाका लागि टेन्डर गरेको थियो । निगम सार्वजनिक संस्था भएकाले जग्गा प्राप्ति ऐन आकर्षित हुन्छ ।  

निगमका अधिकारीले सार्वजनिक अधिग्रहणको बाटो जाँदा लामो समय लाग्ने बताएको छ । ‘यो विकल्प अवलम्बन गरेर नभएको अवस्थामा मात्र अर्को विकल्पमा जान सकिन्छ,’ केसीलाई उधृृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘बोर्डको मनसाय भने जग्गा प्राप्तिमा जाऊँ भन्ने छ ।’ केसीले जग्गा प्राप्तिसम्बन्धी ऐन छुट्टै भएकाले खरिद ऐनअन्तर्गत जग्गा खरिदको विषय नपर्ने स्पष्ट पारेका छन् ।

सरकारी संस्थाले जग्गा प्राप्ति ऐनअनुसार जग्गा किन्नुपर्छ । त्यसैले सार्वजनिक खरिद ऐनमा जग्गा उल्लेख नगरेको सार्वजनिक खरिद अनुगमन समितिका उपसचिव शंकरकृष्ण श्रेष्ठको धारणा छ । संसदीय समितिको प्रतिवेदनमा श्रेष्ठलाई उधृत गर्दै लेखिएको छ, ‘लागत इस्टमेट हुनुपर्छ, लागत तयार गर्दा प्रचलित दर, नम्र्स र त्यस क्षेत्रको अध्ययन गरेर डाटा लिनुपर्छ ।’ निगमले वित्तीय विश्लेषण नगरी जग्गा खरिद गरेको हो ।

निगमले कानुनलाई समेत धज्जी उडाएर ‘चोर बाटो’ बाट जग्गा किनेको संसद्को विधायन समितिले यसअघि नै प्रस्ट पारेको छ । निगमले अर्बौं रुपैयाँको जग्गा विद्यमान ऐन, कानुन र निगमकै नियमावलीलाई लत्याएर जग्गा किनेको संसद्को विधायन समितिका संयोजक रेवतीरवण भण्डारीले बताए । ‘निगम नियमावलीमा जग्गा खरिद गर्न सक्ने व्यवस्था उल्लेख छैन,’ भण्डारीले भने, ‘आफ्नो नियमावलीमै नलेखी त्योभन्दा तल्लो तह विनियमावलीमा घुसाएर खरिद गर्न पाइँदैन ।’

निगमका अधिकारीमाथि सार्वजनिक जग्गा खरिद नगरी कसिमन खानकै लागि निजी जग्गा किनेको आरोप छ । तर निगमले आफ्नै विनियमावली र  ‘सार्वजनिक खरिद ऐन–२०६३’ को प्रक्रियाअनुसार जग्गा किनेको बताउँदै आएको थियो ।

जग्गा खरिदमा कानुनसमेत मिचेर अनियमितता गरेको ठहर गरेपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।  आपूर्तिमन्त्री शिवकुमार मण्डलले आगामी मन्त्रिपरिषद् बैठकमा खड्कालाई कारबाही गर्ने बारे ठोस निर्णय लिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खड्काविरुद्ध कारबाही प्रस्ताव ल्याउन निर्देशन दिइसकेका छन् ।

यसैगरी सर्लाहीमा जग्गा खरिद गर्न तीन करोड बजेट स्वीकृत भए पनि १० करोड रुपैयाँको जग्गा किनेको भेटिएको छ । संसदीय समितिले चार गुणा बढी रकम तिरेको निष्कर्ष निकाल्दै निगमका उच्च अधिकारी र सञ्चालक समितिलाई कारबाही गर्नुपर्ने बताएको छ । चार गुणाले हिसाब गर्दा करिब एक अर्ब ६७ करोड रुपैयाँ घोटाला भएको देखिन्छ ।

ह्‌यासट्याग:






यसमा तपाईको मत

सम्बन्धित समाचार


तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। ...

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए।...

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...