१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चुडामणि शर्माको घरमा सिलिन्डर विस्फोट गराउने प्रयास

काठमाडौं— भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास सिलिन्डर फेला परेका छन्। आगो लगाउने प्रयास गरेको अवस्थामा सिलिन्डर फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले बताए।

धानुकका अनुसार शर्माको गेटमा सिलिन्डर राखेर पड्काउने प्रयास भएको सूचनाको आधारमा प्रहरी पुगेको थियो। प्रहरीले समयमै आगो निभाएकाले कुनै क्षति नभएको र घटनाबारे अनुसन्धान प्रारम्भ गरेको उनले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App