१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

राजविराज- सप्तरीका १८  मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

कुनै पनि तहमा हाल सम्म अधिकत्तम पाँच सय बढी मत गणना हुन सकेको छैन। प्राप्त पछिल्लो जानकारी अनुसार तिलाठी कोईलाडी र कृष्णासवरणमा राजपाले प्रारम्भिक अग्रता कायम गरेका छन भने सप्तकोसी नगरपालिकामा एमाले अगाडि छन्। यता विष्णुपुर गाँउपालिकामा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएको छ। दिउँसो १२ बजे सम्ममा सवै स्थानीय तहको मत गणना शुरु भइ सक्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारि गराए।

प्रकाशित: ३ आश्विन २०७४ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App