१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

यस नगरपालिकामा सुरुदेखि अग्रता देखाइरहेका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार रामनारायण कापरी र उपमेयरकी उम्मेदवार शिवकुमारी देवी भने अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म तेस्रो स्थानमा पुगेका छन्।

प्रकाशित: ४ आश्विन २०७४ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App