१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले मेची राजमार्ग अवरुद्ध

पाँचथर- अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।

राति पहिरो खसेको हो। पहिरोका कारण विहिवार विहानदेखि यहाँ यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमकुमार शाहाले जानकारी दिए। स्काईवेटर लगाएर पहिरो हटाउनका लागि प्रयास भईरहेको उनले जानकारी दिए।

पहिरोका कारणा पाँचथर, ताप्लेजुङ र तेह्रथुमवाट झापा लगायतका जिल्लामा छुट्ने सवारी साधन रोकिएका छन्। तराईवटा यता आउने सावारी साधनपनि पास हुन सकेका छैनन्।

 

प्रकाशित: ५ आश्विन २०७४ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App