१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नीरस खेलमा नेपाल पराजित

तस्बिर : विजय गजमेर

काठमाडौं- एएफसी यु–१६ छनोट चरणको पहिलो खेलमा नेपालले साबिक विजेता इराकलाई १–० ले नतिजा सुम्पिएको छ ।
बुधबार हलचोकस्थित एपिएफ मैदानमा भएको समूह ‘डी’ को पहिलो खेलमा नेपालले निराशाजनक खेल खेलेको थियो ।
इराकको जितमा स्ट्राइकर सलाह गाजी तालिबले ६९औं मिनेटमा गोल गरे ।
खेलमा नेपालले विपक्षीको पोस्टमा आक्रमण गर्नुभन्दा इराकी खेलाडीलाई रोक्नमा धेरै समय खर्चेको थियो ।
नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले टोली सुरुबाटै मानसिक दबाबमा खेल्दा नतिजा राम्रो आउन नसकेको बताए ।
‘टोलीले आफ्नो क्षमताअनुरूपको प्रदर्शन ग¥यो,’ श्रेष्ठले भने, ‘पहिलो हाफमा हामीले रक्षात्मक खेल्यौं । दोस्रो हाफमा हामीले काउन्टर अट्याकको रणनीति अपनाएका थियौं । तर गोलकिपर र रक्षामा देखिएको तालमेल अभावमा ‘सिल्ली’ गोल खायौं ।’
तर प्रशिक्षक श्रेष्ठले भने टोलीको बचाउ गर्दै प्रतिक्रिया दिए । उनले इराक बलियो प्रतिद्वन्द्वी भए पनि आफूहरू कडा चुनौती दिन सफल भएको बताए ।
‘अब भारतसँगको खेल हाम्रो लागि ‘गर या मर’ हो । त्यसैले बलियो प्रतिद्वन्द्वी भए पनि हामी उनीहरुविरुद्ध आक्रामक रणनीति  अपनाउँदै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न चाहन्छौं,’ श्रेष्ठले भने, ‘टोलीको कमजोरी पत्ता लगाउँदै सुधारिएको खेल प्रदर्शन गर्नेछौं । हामी भारतलाई कडा चुनौती दिन तयार छौं ।’
६९औं मिनेटमा नेपालका गोलकिपर बिशाल सुनारले बल राम्रोसँग नियन्त्रणमा लिन नसक्दा सलाह गाजी तालिबले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।
गोल खाएलगत्तै आक्रामक देखिएको नेपालले त्यसको ३ मिनेटपछि खेल बराबरीमा ल्याउने मौका गुमएको थियो । तर स्ट्राइकर राजन पुनको प्रहार रक्षक अहमेद अली अल्बु दाराजलाई लाग्दै पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
यसअघि २८औं मिनेटमा इराकका मिडफिल्डर मुर्टाडा अहमद अल फुरियाजीको प्रहार गोललाइनबाट क्लियर गर्दै रक्षक सञ्जीव अर्यालले नेपालको संकट टारेका थिए ।
इराकका प्रशिक्षक अल हादीले टोलीको नतिजाबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए ।
‘तीन अंक बटुल्ने टोलीको रणनीति सफल भएको छ,’ हादीले भने, ‘यस जितले टोलीको मनोबल बढेको छ । अब हामी प्यालेस्टाइन र भारतविरुद्धको खेलमा पनि पनि स्पष्ट ३ अंक जोड्दै अघिल्लो चरणमा स्थान  पक्का गर्नेमा केन्द्रित छांै ।’
यसअघि बुधबारै भएको अर्को खेलमा भारतले प्लेस्टाइनमाथि ३–० को जित निकालेको छ । भारतको जितमा गिब्सन सिंह मियोराङथेम, बिके ओराम र कप्तान विक्रम प्रतापले समान १ गोल गरे ।
यसजितपछि भारत समूह ‘डी’ को शीर्ष स्थानमा छ  । समान तीन अंक भए तापनि इराक गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन नेपाल र प्यालेस्टाइन क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
नेपालले समूहको दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्दा इराकले प्यालेस्टाइनसँग खेल्नेछ ।

तस्बिरहरु : प्रबिन कोइराला

तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
तस्बिर : विजय गजमेर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App