१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीरगन्जमा काँग्रेसलाई उछिन्दै फोरम नेपालको अग्रता

वीरगन्ज- प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जमा असोज ४ गते मतगणना सुरु भएदेखी अगाडी रहेको नेपाली काँग्रेसलाई संघीय समाजवादी फोरमले शनिवार साँझ उछिनेको छ। सुरुमा तेस्रो र बीचमा चौथो स्थानमासम्म देखिएको फोरमले शुक्रवार राजपालाई उछिन्दै काँग्रेसलाई पछ्याउन सुरु गरेको थियो । मतान्तर घटाउँदै लगेको फोरमले काँग्रेसलाई ७२ मतले उछिनेको छ।

सावा ६ बजे आएको ३८ हजार ५ सय १८ मतको परिणाम अनुसार फोरम नेपालका उम्मेदवारले मेयरमा ८ हजार ४ सय १० र उपमेयरमा ८ हजार ९५ मत पाएका छन् । रुख छाप भएका काँग्रेस उम्मेदवारले ८ हजार ३ सय ३८ र उपमेयरमा ९ हजार ६ सय ४५ मत पाएका छन् । उपमेयरमा काँग्रेसकै अग्रथता छ। परेको मतदानको करिब १५ प्रतिशत बदर मत निस्किरहेको देखिएको छ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीले मेयरमा ६ हजार १ सय ४३ र उपमेयरमा ५ हजार २ सय ८०, एमालेले मेयरमा ४ हजार १ सय ३५ र उपमेयरमा ५ हजार ५२, माओवादी केन्द्रले मेयरमा ४ हजार ३४ र उपमेयरमा २ हजार ७ सय ५८ र फोरम लोकतान्त्रिकले मेयरमा ३ हजार २ सय १० र उपमेयरमा २ हजार ५ सय ४ मत पाएका छन् ।

प्रकाशित: ७ आश्विन २०७४ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App