१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

दसैँको आधुनिक शुभकामना

नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ । नवरात्रभरि नौ स्वरूपहरूः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीको विशेष पूजा र आराधना गरिन्छ ।

‘दुर्गा’ शब्दको सही अर्थ बुझ्न ‘दुर्गम’ शब्द बुझ्नुपर्छ । ‘दुर्गम’को अर्थ पार लगाउन निकै कठिन (दुर्गम) गन्तव्य । र, यो कठिन (दुर्गम) गन्तव्य या लक्ष्यलाई पार लगाउन सक्ने अर्थात् ‘दुर्गा’ ।

दुर्गालाई विजयको प्रतीक पनि मानिन्छ । ‘दुर्गा’ शब्दको सही अर्थ बुझ्न ‘दुर्गम’ शब्द बुझ्नुपर्छ । ‘दुर्गम’को अर्थ पार लगाउन निकै कठिन (दुर्गम) गन्तव्य । र, यो कठिन (दुर्गम) गन्तव्य या लक्ष्यलाई पार लगाउन सक्ने अर्थात् ‘दुर्गा’ । यसै शब्दबाट ‘दुर्ग’ अर्थात् किल्ला बनेको छ । दुर्ग शत्रुको आक्रमणबाट सुरक्षा गर्नका लागि अग्लो पर्खालले घेरिएको ठाउँ हो । दुर्गाको अर्को नाम ‘शक्ति’ पनि हो । त्यसैले दुर्गा भनेको यस्तो व्यक्ति जो पार लगाउन निकै कठिन गन्तव्य या लक्ष्यमा पुग्न सफल हुन्छ, जो शक्तिशाली छ । ‘दुर्गा’लाई पुरानो धार्मिक परम्पराअनुसार पूजा–अर्चना र बलि चढाउनेमा मात्र सीमित राख्न पनि सकिन्छ वा सांकेतिक अर्थमा बुझेर आधुनिक सन्दर्भमा पनि लिन सकिन्छ ।
नेपालको राजनीतिक बेथिति, राज्य संयन्त्र र विकास निर्माणलाई नियन्त्रणमा लिएको माफियातन्त्रले आमजनसमुदायको बारम्बार खिसी उडाउने र निरीह बनाउने काम गरिरहेको छ, स्वतन्त्रता निमोठिरहेको छ । युवा जमातको पलायन, अशिक्षा र गरिबीले देश महिषासुुरले आक्रमण गरेजस्तै घायल बनेको छ । सरकारका ‘युवा शक्तिको सशक्तीकरण, दुई अंके विकास र समावेशी लोकतन्त्र’का नारा व्यवहारमा लागू हुन सकेका छैनन्, ब्यानर, पोस्टर र बजेट भाषणमा नै सीमित छन् ।
विकासको बजेट राजनीतिक दलको वा खास नेताको खास मतलब हेरेर खास योजना र खास जिल्लाका लागि छुट्टयाइन्छ । सानादेखि ठूला टेन्डर त खुल्छन् ‘खुला प्रतियोगिता’ भनेर देखाउनका लागि । तर, माफियातन्त्र भन्दा बाहिरकाले कहिल्यै टेन्डर हात पार्दैनन् । वर्षभरि बजेटअनुसार खासै कुनै काम हँुदैन अनि बजेट सकाउन जेठ–असारमा रातारात हतारमा सडक खन्ने वा बिजुलीका पोल गाड्ने वा ढल खन्ने लगायतका काम सुरु हुन्छ । सरकारी जागिर होस्, मेडिकल कलेजमा भर्ना होस् वा इजरायल वा जापानजस्ता अलिक राम्रा मुलुकमा कामदारका रूपमा जान होस्, भनसुन नगरी केही काम हुँदैन वा घुस नै दिनुपर्ने हुन्छ । सरकारसँग रोजगारी सिर्जना गर्ने कुनै नीति र कार्यक्रम नै छैन । दुर्गमका र पैसा नहुने जनता बिरामी भए भने उनीहरू पशुपतिनाथकै भरमा बाँच्नुपरेको हुन्छ ।
भनिरहनु पर्दैन, आमजनता कति दिक्क छन् भनेर । केही ‘हुने–खाने’ युवाहरू आफ्नो दिक्दारी र आक्रोश फेसबुकलगायत सामाजिक सञ्जालमा पोख्छन् । ‘हुँदा–खाने’ युवाहरू भने दिक्दार, निराश र निरीह भएर खाडी मुुलुम पुग्छन् । बाँचेर फर्के भने अति नै भाग्यमानी, लास भएर फर्के भने भाग्य खराब रहेनछ, कमसेकम लास त फक्र्याे, लास पनि नफर्के अभागी रहेछ भन्छन्, अचेल गाउँलेहरू ।
जनतालाई ‘दुर्गा’ अर्थात् ‘आत्मशक्ति र साहस’ दिनुपर्ने हुन्छ । असुरहरूको सामना गर्न ‘दुर्गा’ बनेर उठ ! शक्ति बनेर उठ ! सबै नेपालीको आत्मचेतनामा ‘दुर्गा’ अर्थात् ‘आत्मशक्ति र साहस’ जगाउन सफल होऊन्, सबैमा बडादसैँको शुभकामना !

प्रकाशित: ९ आश्विन २०७४ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App