१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दशैँमा न भात न अक्षता

खाद्य संस्थानको  जिल्ला सदरमुकाम खलंगा स्थित गोदाममा रहेको चामल । तस्बिर: जनक केसी

जाजरकोट –  सरकारले समयमै  चामल नपुर्याएपछि  जिल्लाको दुर्गम  वारेकोटका विपन्न समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका छन् । सरकारी कोटाको चामल नभएपछि  विपन्न  समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका हुन् । खाद्य उत्पान्न निकै कम हुने उक्त क्षेत्रमा  लगाएको बाली समेत नपाकेको अवस्था भएका कारण अहिले  खाद्यन्न अभाव देखिएको हो। 

वारेकोटका  रोकायगाउँ र नायकवाडा क्षेत्रमा  चामल अभाव  हुँदा  दशैंका बेला भात खान नपाउने समस्या समेत परेको छ । दशैंका बेला समेत  गाउँमा  चामल नपुगेपछि चाडपर्वमा भात खान नपाइने  अवस्था आएको स्थानीयको गुनासो छ । वारेकोटको घाट स्थित नेपाल खाद्य संस्थानको डिपोमा चामलको मौज्दात सून्य भएपछि त्यस क्षेत्रका विपन्न समुदायका स्थानीयहरू दशैंका बला  भात खान नपाउने  अवस्थामा पुगेका हुन् । सहुलियत दरको सरकारी चामल स्थानीय खेतवारीको चामलले गुजारा गरिरहेका उनीहरूलाई खाद्य डिपो रित्तै भएपछि समस्या परेको हो । पुरानो अन्न सकिएको र नयाँ बाली तयार नभएका कारण उनीहरुलाई समस्या परेको हो।

वारेकोट गाउँपालिका ५ नायकवाडाका  मालबहादुर सिंहले गाउँमा किनेर पनि चामल नपाइने अवस्था आएको र दशैंमा बिना भात बस्नुपर्ने  भएको बताए ।  गाउँमा  दशैं र तिहारका वेला  अक्षताको टीका बनाउने चामल समेत नभएको  उनले बताए ।  बजार जाउँ भने हिडेर ७ घन्टा लाग्छ  त्यति टाढाबाट बोकेर पनि कति ल्याउन सकिएला र? उनले भने ।  मालबहादुर जस्तै  सोही वारेकोट गाउँपालिका २ रोकायगाउँका कृष्णवहादुर विकले पनि एक दिन भरी गाउँभरी डुलेर चामल पाइने अवस्था नभएको बताए । न कतै बजारमा चामल पााइन्छ न सजिलै चामल पाइने ठाउँ छ उनले भने । यसपालीको दशैंमा  भात नभएर रोटीमै चित्त बुझाउनुपर्ला जस्तो छ। 

खाद्यको गोदाममा लामो समय देखि चामल सकिएपनि  सरोकारवाला निकायले चासो नदिदा  विपन्न समुदायका स्थानीयहरूले  दशैंमा  भात खान नपाउने समस्या आएको स्थानीय शिक्षक गोरखबहादुर सिंहले बताए  । उनले वारेकोटको घाट स्थित खाद्य गोदाममा चामल सकिएको  दुई महिना भन्दा बढी भएपनि अहिलेसम्म चामल आर्र्पूिर्त हुन नसकेको बताए ।  संस्थानले  खाद्य ढुवानीका लागि ठेकेदारहरुसंग सम्झौता गरेपनि  विभिन्न बहाना गर्दै  ठेकेदारले  वेवास्ता गर्ने गरेको बताइएको छ ।  बजारमा दोव्वर मूल्यको चामल किन्न  टाढा जानु पर्ने त्यो पनि किन्न नसक्ने  अवस्थाका स्थानीयलाई निकै सास्ती भएको उनको भनाइ छ। 

सरकारले जाजरकोटका लागि छुट्याएको चामल ठेकेदारहरूले सम्वन्धित ठाउँमा दशैं अघि नपुर्याएपछि  समस्या परेको हो । ढुवानीको माध्यम र अन्य कारण देखाउँदै ठेकेदारहरूले वारेकोटको घाट लगायतका  खाद्य डिपोहरूमा चामल लिन मानेका छैनन् । कार्यालयका तर्फबाट चामल सून्य भएका गाउँमा  खाद्य ढुवानीका लागि पटक पटक आग्रह गरेपनि  ठेकेदारहरुले  नमानेको  नेपाल खाद्य संस्थानको जाजरकोट कार्यालयका प्रमुख धमबहादुर बस्नेतले बताए। उनले  नेपालगञ्जबाट नआएपनि जिल्ला सदरमुकामको गोदाममा रहेको चामल लगिदिन आग्रह गरेपनि ठेकेदारले ढुवानी गर्ने माध्यमको अभाव देखाउदै  भाग्ने गरेको बताए।  

वारेकोटको नायकवाडा र रोकायगाउँ रामीडाँडाका स्थानीयहरूका लागि  खाद्य बजार नभएका कारण  किनेर खानलाई समेत चामल नपाइने अवस्था आएको स्थानीय वासीहरू बताउँछन् । उता ठेकेदारहरू भने  अहिले  सडकको अवस्था विग्रेको र  गाउँमा  चामल लिन  घोडा खच्चरको  अभाव रहेका कारणले  दशैं अघि चामल पुरयाउन नसकिएको  बताउँछन्  । खाद्य संस्थानको  चामल जिल्लामा पुर्याउन दशैं अघि नसकिएको ठेकेदार जितसिंह परियारले बताए। उनले  सडकको पहुँच नभएको  वारेकोटमा  खच्चर र घोडाबाट लिनुपर्ने  भएकोले  घोडाखच्चड नपाउँदा  समस्या परेको बताए। 

यस्तै अर्काे  ठेकेदार  मानवहादुर  खड्काले   रिम्नामा सडक निर्माण भइरहेका कारण आफूले चामल ढुवानी गर्न नसकेको  बताए । दशैं या तिहार पछि  सडक खुल्ने बित्तिकै चामल ढुवानीको काम गर्ने  उनले बताए ।  सरकारले  जाजरकोटका लागि  ७ हजार क्वीन्टर चामल नियमित रुपमा छुट्याउने गरेको र उक्त चामल समयमा नै जनताको घरदैलोमा पुग्ने नसक्ने गरेको गुनासो तिव्र छ।  सदरमुकामका लागि  ३ हजार र गाउँका  अन्य ४ वटा  डिपोका लागि  एक हजार क्वीन्टलका दरले  वर्षेनि चामल ढुवानी हुने गरेको  छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App