१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले युद्व चाहेको उत्तर कोरियाको आरोप

प्योङयाङ–  उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकाले  युद्वको घोषणा गरेको आरोप लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले भने उत्तर कोरियाको उक्त अभिव्यक्ति हास्यस्पद भएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको आयु निक्कै नै छोटो समयको भएकाले उनले अन्तर्राष्ट्रिय प्रतिबन्धको बाबजुत पनि मिसाईल परीक्षण गरेको बताउँदै सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गरेका थिए। 

उनको ट्वीट पश्चात उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिका आफैले युद्वको घोषणा गरेको बताएको हो। उत्तर कोरियाली विदेश मन्त्री रि योङले अमेरिकी युद्व विमानहरू माथि गोली प्रहार गरि खसालिने बताए। उनले अमेरिका आफैलै युद्वको घोषणा गरेको भन्दै यसमा जानकार हुनका लागि विश्व समुदायमाथि आग्रह गरेका छन्।

त्यसकारण उत्तर कोरियामाथि प्रतिकार गर्ने अधिकार रहेको समेत मन्त्री योङले बताए । उत्तर कोरियाली आकाश बाहिर रहेका बमबर्षकहरूलाई समेत उत्तर कोरियाले गोली प्रहार गरि खसाल्ने चेतावनी दिएको छ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले भने उत्तर कोरियालाई अमेरिकासँग टक्कर लिएर उसलाई उत्तेजक नबनाउनका लागि आग्रह गरेको छ।

प्रकाशित: १० आश्विन २०७४ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App