मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

शनिबार, २१ असोज २०७४, १३ : ०५ रमेशकुमार पौडेल


चितवन- नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो ।
    ‘गठबन्धनको सबभन्दा राम्रो र सकारात्मक कुरा काँग्रेससँगको सहकार्यबाट माओवादी पार्टी अलग भएको छ’ केसीले भने । आफुहरु पनि वामपन्थी गठबन्धनको पक्षमा नै रहेको उनले बताए । ‘संविधान जारी गर्ने जुन शक्तिहरु थिए ति एक भएर संविधान कार्यन्वयनमा पनि लाग्नु पर्दथ्यो । तर पहिला काँग्रेस र पछि माओवादी भारतीय स्वार्थमा लागे’ सिंहको भनाइ थियो ।
    काँग्रेसले लगातार राष्ट्रको हित विपरित भारतीय चाहना अनुरुपको काम गरेका कारण आउँदो चुनावमा त्यो चिन्तनलाई पराजित गर्न बाम गठबन्धन आवश्यक भएको उनले बताए । मसाल पार्टीको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले काँग्रेससँग पनि चुनावमा तालमेल गर्न सक्ने भनेर आएका समाचार भ्रामक भएको उनले बताए ।
    ‘तालमेलका लागि हाम्रो प्रथामिकतामा बाम गठबन्धन नै पर्छ । स्थानीय चुनावमा काँग्रेससँग पनि तालमेल नभएको होइन तर स्थानीय चुनावमा संविधान जारी गर्ने गणतन्त्र पक्षधर शक्तिसँग तालमेल गर्ने नीति लिएर तालमेलका लागि स्थानीय कमिटीलाई अधिकार दिएका थियौं । अहिले राष्ट्रिय रुपमा नै तालमेल हुन्छ’ नेता सिंहले भने ।
    चुनाबी तालमेलका लागि मसाल निकटको मोर्चाले वार्ता कमिटि बनाएको र सो वार्ता कमिटिले वाम गठबन्धनमा सामेल शक्तिहरुसँग मात्रै छलफल गरेको उनले बताए । ‘हाम्रो वार्ता कमिटिले एमाले लगायतका शक्तिसँग मात्रै वार्ता गरेको छ । कमिटिले काँग्रेससँग त वार्ता पनि गरेको छैन । चित्रबहादुर केसी जी काँग्रेसले बेलाएका कारण व्यक्तिगत रुपमा जानु भएको हो’ नेता सिंहले भने ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...