१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीमा ४.२ रेक्टरस्केलको भूकम्प

म्याग्दी- पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २ मिनटे मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि लुलाङ, ताकम, मुदीका साथै  म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो । ‘एक्कासी जमिन हल्एिपछि स्थानीय त्रसित भएका छन् । धेरैपछि भूकम्पको  गयो’ धौलागिरि गाउँपालिका– ७ को ताकमका गोपाल आचार्यले भने । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।


भूकम्प महशुस सबैभन्दा धेरै मुनामा गरिएको छ । भूकम्प मापद केन्द्रकका विज्ञ टिन्टन तिमिल्सिनाका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मुना आसपासको क्षेत्रमा विगतमा पनि ५ रेक्टरस्केलभन्दा तलको भूकम्प गएको र बेलाबेलामा ३ देखि ४ रेक्टरस्केलको भूकम्प गइरहने बताए ।

जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २० पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुई दशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बाग्लुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । जसका कारण तत्कालिन समयमा बोवाङ आसपासका क्षेत्रमा भौतिक क्षती भएको थियो ।

प्रकाशित: ३० आश्विन २०७४ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App