२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जाजरकोट दरवार जीर्ण बन्दै

जाजरकोट – ऐतिहासिक जाजरकोट दरवार  जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण  गरेको  जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
हरि शाहले  भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीवाट  स्थानीय जनतालाई इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए  । हाल स्थानीय  जनता र  सरकारी वेवास्ताका कारण यो दरवार  जिर्ण बन्दै गएको  छ  । नेपाल वाइसी र चौविसौ राज्यमा विभाजित भएका बेला र  गोरखाका राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरण अभियान सफल पार्न ठूलो सहयोग  गरेका जाजरकोटी राजा हरि शाहले १८२५ सालमा निर्माण गरेको दरवारका ऐतिहासिक वस्तुहरु हराइसकेका छन् । कलात्मक झयाल, ढोका र  दरवारको डिजाइन  देखेर आगन्तुकहरु मोहित हुँदैनन् ।
नेपालमा प्रजातन्त्र स्थापना हुने बेला श्रीपेच, राजगद्धीलगायतका सामाग्रीहरु हराएका छन् । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जाजरकोट दरवार  पुननिर्माणका लागि पुरातत्व विभागको  सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय  सुर्खेतले २७ करोडको लागतको बजेट तयार पारेको बताए । ‘भवन डिभिजन कार्यालयले दरवारको ऐतिहासिक र कला नबिगारिकन पुननिर्माण गर्ने तयारीमा छौं । योजना गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको हुँदा काममा ढिलाई भएको हो ।’

प्रकाशित: २ कार्तिक २०७४ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App