१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैदीले लगाए भाइटिका

भाइटिका लगाउँदै गुल्मीका कैदीहरू । तस्बिर : शिवलाल सुवेदी

गुल्मी–  गुल्मीका कैदीबन्दीले भाइटिका लगाएका छन्। जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन्। 

५३ जना पुरुष, ५ जना महिला र १ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा १० जनाले कारगार भित्रै भाईटिका लगाएका हुन् । उनीहरुले भाइटिका सुभसाइत मै टिका लगाएको कारगार गुल्मीका नाईके दिपक चन्दले जानकारी दिए। 

भाइटिका लगाएपछि कैदी बन्दीहरू कारगार भित्रै देउसी भैलो खेलेर रमाइलो गरी भाइटिका मनाएका छन्। विभिन्न अपराधमा कारगार चलान भएका उनीहरूले कारगार भित्रै रमाइलो गरी भाइटिका मनाउन पाउँदा केही खुसीयाली छाएको बताएका छन्।

कारगार गुल्मीका मुढा बुनाई, ढाकाका कपडा बुन्ने, आरन, कृषि लगायतका विभिन्न उद्योगहरू समेत सञ्चालनमा आएका छन् । सञ्चालित उद्योगबाट कैदी बन्दीहरूले राम्रो आम्दानी गर्दै आएको कारगार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित: ४ कार्तिक २०७४ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App