१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेता भोट माग्दै, जनता जागिर

जाजरकोट – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि  घरदैलोमा भोट माग्न  पुगेका नेताहरुसँग जनताले  जागिर मागेका छन् ।  उम्मेदवारीको मनोयनपत्र दर्ता गराएर जनताको घरदैलोमा हिडेका कांग्रेस, माओवादी र एमाले लगायत दलका नेताहरुसँग जनताले भोटको बदला रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्न थालेका हुन् ।
भेरी नगरपालिकास्थित जगतिपुर, पुन्मा र भुरबाट घरदैलो सुरु गरेका कांग्रेसका उम्मेदवारसँग जनताले  रोजगारी प्राथमिकता भएको बताएका छन् । ‘जनताको प्राथमिकता भनेको रोजगारी हो । रोजगारी खोजीदिन्छ उम्मेद्वारलाई भोट हाल्नेछ,’भेरी नगरपालिका ११ की सपना शर्माले भनिन् । भोट माग्न घरदैलो गरिरहेका कांग्रेसका उम्मेद्वार राजीवविक्रम शाहका अनुसार अधिकांशले रोजगारीको माग गरेको प्रतिक्रिया दिएका छन् । ‘तत्काल जनताको आवश्यकता भनेको रोजगारी हो । राजनैतिक परिवर्तनभन्दा बढी रोजगारी र विकासमा उनीहरुको चिन्ता धेरै छ,’उनले भने ।

प्रकाशित: ७ कार्तिक २०७४ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App