१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कतारले विदेशी कामदारका लागि न्युनतम पारिश्रमिक तोक्दै

विश्वकपका लागि कतारले निर्माण गरेको रंगशाला

दोहा –कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि  न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ। कतारमा सन् २०२२ मा विश्व कपको आयोजना हुँदैछ।

सो अन्तर्राष्ट्रिय इभेन्टका कारण कतार अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको बेला न्युनतम पारिश्रमिक तोक्ने तयारी भएको हो। कतारले श्रमिकहरूलाई दिने गरेको पारिश्रमिकको विषय अन्तर्राष्ट्रिय स्तरमा चर्चा बनेपछि पारिश्रमिक तोक्ने तयारी गरिएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठनले कतार सरकारले विदेशी कामदारहरूको श्रम शोषण गरेको आरोप लगाएकोमा  उक्त संगठनको बैठक हुनु अगाडी नै कतारले यस्तो घोषणा गरेको हो।

कतारले सन् २०१६ मा लागू गरेको श्रम ऐनको अन्त्य भएको घोषणा सँगसँगै अन्तर्राष्ट्रिय ट्रेड युनियनले कतारको उक्त घोषणाको स्वागत गरेको छ।
हाल कतारमा करिब २० लाखको संख्यामा विदेशी कामदारहरू कार्यरत छन्। कतारले अघिकांश कामदारहरू निर्माण क्षेत्रका लागि माग गर्ने गरेको छ। त्यसमध्ये अधिकांश कामदार एशियाबाट जाने गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकले बताएको छ।

ट्रेड युनियनले विभिन्न प्रस्तावहरू जस्तै कतार छोड्न चाहने श्रमिकलाई कम्पनीले रोक्न नहुने, शुल्क निर्धारणमा कुनै भेदभाव गर्न नपाइने, श्रमिकको परिचयपत्र सरकारले बनाइदिनु पर्ने लगायतका विभिन्न मागहरूका साथ कतार सरकारको उक्त नियमको स्वागत गरेको हो।

नयाँ नियम कुन मितिदेखि कार्यन्वयन हुने भन्ने तय भइसकेको छैन।
 

प्रकाशित: ९ कार्तिक २०७४ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App