१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानलार्इ शृंखला

अबुधाबी – साडब खानले अन्तिम ओभरमा छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार दोस्रो खेलमा श्रीलंकामाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला २–० ले जितेको छ।

श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले १९‍‍‌.५ ओभरमा पूरा गरेको थियो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो । विकुम सञ्जयाले पहिलो बलमा फहिम असरफलाई क्याच गराएपछि पाकिस्तान दबाबमा आएको थियो । खानले दोस्रो बलमा एक रन र हसन अलीले तेस्रो बलमा ३ रन लिएका थिए । खानले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलार्ई जित नजिक पुर्‍याएका थिए । पाँचौं बलमा २ रन जोड्दै खानले एक बल अघि नै पाकिस्तानको जित सुनिश्चित गरेका थिए।

८ बल खेलेका खानले एक चौका र एक छक्का मद्दतमा अविजित १६ रन जोडे । श्रीलंकाका कप्तान त्रिसारा परेराले ४ ओभरमा २४ रन खर्चदै ३ विकेट लिएपछि ५५–४ को स्थितीमा पाकिस्तानी इनिङ धर्मराएको थियो । तर कप्तान तथा विकेटकिपर ब्याट्सम्यान सरफराज अहमद र मोहम्द हाफिजले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । २६ बल खेलेका अहमदले १ चौका मद्दतमा २८ रन प्रहार गर्दा हाफिजले १३ रन जोडे । त्यस्तै २४ बल सामना गरेका ओपनर अहमद सहजादले २ चौका मद्दतमा २७ रन जोडे ।

श्रीलंकाका परेराले ३ तथा सञ्जया र सचित पाथिरानाले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २४ रन जोडेको थियो । ओपनर धनुस्का गुणथिलका र दिलशान मिनाभिराले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै श्रीलंकालाई गतिलो सुरुआत दिलाएका थिए । त्यस्तै दोस्रो विकेटका लागि गुणथिलका र साडिरा समराभिकारामाले ६३ रनको साझेदारी गरेपछि एक समय श्रीलंका उच्च योगफलतर्फ लम्किएको थियो । तर गुणथिलका पवेलियन फर्केपछि श्रीलंकाका अन्य कुनै पनि ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन । ४८ बल खेलेका गुणथिलकाले ४ चौका र १ छक्का मद्दतमा ५१ रन प्रहार गर्दा ३१ बल सामना गरेका समराभिकारामाले २ चौका मद्दतमा ३२ रन जोडे।

पाकिस्तानका असरफले १८औं ओभरमा ह्याट्रिक विकेट लिएपछि श्रीलंका सानो स्कोरमा सिमित भएको थियो । १८औं ओभरको चौथो बलमा इसरु उडानालाई अलीबाट क्याच गराएका असरफले पाँचांै बलमा माहेला उडाबाटेलाई बाबर आजमबाट क्याच गराए । अन्तिम बलमा धसुन सानाकालाई एलबीडब्लुको शिकार पार्दै उनले ह्याट्रिक पूरा गरेका थिए ।
अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा ह्याट्रिक गर्ने उनी पाकिस्तानका पहिलो तथा समग्रमा छैटौं बलर हुन्।

त्यस्तै हसन अलीले २ तथा खानले एक विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार लाहोरमा हुनेछ ।

यसअघि यी दुई टोलीबिच सम्पन्न दुई टेस्ट शृंखला श्रीलंकाले २–० र पाँच एक दिवसीय शृंखला ५–० ले ‘क्लिन स्पिव’ गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App