१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

टेक्सास –  अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो।
घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ। 

उक्त गोली काण्डलार्इ टेक्सासका गर्भनरले इतिहासकै ठूलो नरसंहार भएको बताएका छन् । उक्त गोलीकाण्डमा बन्धुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  

एकजना प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले लगातार २० राउण्ड गोली चलाएको एपीमा उल्लेख छ । उक्त गोलीकाण्डमा गिर्जाघरका पादरीकी छोरीको समेत मृत्यु भएको बताइएको छ।
 
अमेरिकी इतिहासकै सबैभन्दा खराबमध्येको गोलीकाण्डमा लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा ५८ जनाले ज्यान गुमाएको झण्डै एक महिनापछि त्यस्तै प्रकृतिको पछिल्लो घटना भएको हो। 

घटना के कारणले भएको भन्ने खुलेको छैन्।

प्रकाशित: २० कार्तिक २०७४ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App