१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आन्द्रेय पिर्लाेद्वारा संन्यास

रोम – इटालीका महान् खेलाडी आन्द्रेय पिर्लोले सोमबार आफ्नो व्यावसायिक फुटबल करियरलाई पूर्णविराम लगाएका छन् । ३८ वर्षे पिर्लोले खेलजीवनमा २००६ को विश्वकप, दुई च्याम्पियन्स लिग र ६ इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेका छन् । 

युभेन्ट्स, इन्टर मिलान र एसी मिलानको पूर्वमिडफिल्डर पिर्लो पछिल्लो मेजर लिग सकर न्युयोर्क सिटीमा आबद्ध भएका थिए । उनले सोमबार कोलम्बस क्रियुविरुद्धको खेलेसँगै व्यावसायिक करियरबाट संन्यासको लिएका हुन् । 
‘न्युयोर्क सिटीबाट मात्र होइन, फुटबल खेलाडीका रूपमा पनि मेरो यात्रा अन्त्य गर्दै छु,’ पिर्लोले ट्विटरमा लेखेका छन्, ‘मलाई सदैव सहयोग र माया गर्ने मेरो परिवार, बच्चा, मैले खेलेका सबै टोलीका खेलाडीहरू, मेरो खेलजीवनलाई सफल बनाउन सहयोग गर्नुहुने सबै जना र विश्वभर रहनुभएको मेरा समर्थकलाई धन्यवाद दिन चाहन्छु।’

पिर्लो २०१४÷१५ को सिजन अमेरिका लागेका थिए । त्यसअघि उनले युभेन्ट्सबाट सिरी ‘ए’ को उपाधि जितेका थिए । उनले जितेका ६ लिग उपाधिमध्ये २ एसी मिलानबाट जितेका थिए । उनले यसअघि नै खेलाडीका रूपमा यो अन्तिम सिजन हुन सक्ने बताएका थिए । उनको टोली न्युयोर्क सिटी आइतबार मेजर सकर लिग प्लेअफ खेलको फाइनलमा कोलम्बस क्रियुसँग पराजित भएको थियो।

ब्रेससिकाबाट खेलजीवन सुरुआत गरेका पिर्लो एसी मिलानमा आबद्ध हुनुपूर्व इन्टर मिलान र रेग्गिनाबाट खेलेका थिए । एसी मिलानबाट उनले २००३ र २००७ मा दुई सिरी ‘ए’ र च्याम्पियन्स लिग उपाधि जितेका जितेका थिए । पिर्लो फ्रिकिका लागि परिचित थिए । भलाद्मी र सुन्दर खेल शैलीका कारण पिर्लोले ‘आर्किटेक्ट’को उपमा पनि पाएका थिए।  

पिर्लो २०११ मा युभेन्ट्ससँग अनुबन्ध हँुदा इटालीका गोलकिपर जियानलुइगी बुफोनले उनको सम्झौतालाई ‘शताब्दी सम्झौता’ भनेका थिए । तुरानमा पनि आफ्नो जादुयी प्रदर्शनलाई निरन्तरता दिएका पिर्लोले क्लबका लागि चार सिरी ‘ए’ उपाधि र इटालियन कपको उपाधि जितेका थिए । २०१५ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनाविरुद्धको खेल पिर्लोले युरोपमा खेलेको अन्तिम खेल बन्यो । इटालीबाट १ सय १६ खेल खेलेका पिर्लोले १३ वर्षको खेलजीवनमा १३ गोल गरेका छन्। 

प्रकाशित: २२ कार्तिक २०७४ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App