१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एकपटक पुग्नै पर्ने देश नेपाल

लन्डन, कात्तिक २३ – विभिन्न सरकारी अधिकारीहरुले बेलायती पर्यटन व्यवसायी नेपालको भ्रमण गर्न आमन्त्रण गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीबीसीले जीवनमा एकपटक पुग्नै पर्ने देशको रुपमा नेपालको उल्लेख गरेको बताए।

उनले लोन्ली प्लानेटले यो वर्ष भ्रमण गर्नै पर्ने पर्यटकीय गन्तव्यहरुमध्ये नेपाललाई पाँचौं स्थानमा राखेको पनि स्मरण गरे। उक्त लोकप्रिय ट्राभल गाइडले क्यानडा, कोलम्बिया, फिनल्याण्ड र डोमिनिकालाई क्रमश: पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सन् २०१६ मा ४६,००० भन्दा बढी बेलायती पर्यटकहरुले नेपालको भ्रमण गरेको जानकारी दिंदै आउँदो वर्ष त्यो संख्या अरु बढ्ने आफुले अपेक्षा गरेको बताए। 

सचिव न्यौपानेले नेपालमा भूकम्पपछि ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरुको पुनर्निर्माण गरिएको नेपाल पर्यटकहरुकालागि सुरक्षित रहेको जिकिर गरे। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले १८ औं शताव्दीदेखि बेलायती नागरिकहरुले नेपालको भ्रमण गर्न थालेको स्मरण गरे। 'नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको चर्चा गर्दै उनले हिमाल आरोहण, ट्रेकिङ, जंगल सफारी र र्याफटिङ लगायतका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको छ,'उनले भने । 

दूतावासका प्रमुख शरदराज आरणले संञ्चालन गरेको कार्यक्रममा रोयल बोटानिक गार्डेन एडिनबराका डा. मार्क वाट्सनले नेपालको वनस्पति, जैविक विविधता र हालै एडिनबरामा स्थापना गरिएको नेपाली उद्यानबारे जानकारी दिएका थिए । सो अवसरमा नेपालको कला संस्कृति झल्कने विभिन्न नृत्यहरुका साथै नेपालको पर्यटन सम्बन्धी वृत्तचित्र देखाइएको थियो ।

प्रकाशित: २३ कार्तिक २०७४ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App