२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुम- तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

बसन्तपुर बजारको टुटेमा रहेको मकालु वाईन इन्डष्ट्रिजतर्फ जाने वाटोको कल्भर्ट माथी विस्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने व्याट्री फेला परेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोइरालाले बताए । विस्फोट पदार्थ राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ मंसिर २०७४ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App