२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पतिको लिङ काट्ने पत्नी पक्राउ

काठमाडौं-प्रहरीले आफ्नै पतिको लिङ काटेको आरोपमा एकजना महिलालाई पक्रेको छ । प्रहरीले पतिलाई हसियाँ प्रहार गरि घाईते बनाएको आरोपमा २६ बर्षीया सन्तमाया तामाङलाई पक्रेको हो । तामाङले अर्की पत्नीसँग मात्र सम्पर्क राखेको भन्दै पति कान्छामाया तामाङको लिङमा हसियाँ प्रहार गरेकी थिईन । घटना सोमबारको हो ।

प्रहरीले लिङमा गम्भीर चोट लागेका कान्छामायालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंजमा लगेको जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कान्छामायाको शिक्षण अस्पतालमा उपचार भै रहेको छ ।

वृत्तका डिएसपी विपिन रेग्मीका अनुसार शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने दम्पत्तीमा भएको आपसी झगडामा एकजना घाईते भएको र प्रहार गर्ने प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार प्रारम्भीक अनुसन्धानमा पत्नीले दोस्रो महिलाका बिषयमा भएको विवादमा पतिको लिङमा धारिलो हतियार प्रहार गरेकी थिईन ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका वृत्तले जनाएको  छ ।

प्रकाशित: २० श्रावण २०७३ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App