१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन सामग्री मतदान केन्द्र पुर्‍याइँदै [फोटो फिचर]

इलाम– प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्रसम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीपलगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो ।

निर्वाचनमा प्रयोग हुने सामग्री दिन सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कर्मचारीको भीड लागेको छ । मतदान केन्द्रमा प्रयोग हुने ६४ किसिमका निर्वाचन सामग्रीमध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र र बाँकी सबै सामग्री जिल्ला निर्वाचन कार्यालयले दिँदैछ ।

मतदानमा खटिने कर्मचारीले शनिबारदेखि सोमबारसम्म यहाँबाट सामग्री बुझेर धमाधम मतदान केन्द्र पुगिरहेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए । ‘मतदानमा प्रयोग हुने सामग्री कर्मचारीलाई वितरण गर्न भ्याइनभ्याइ छ,’ उनले आइतबार भने, ‘भोलिसम्ममा सबै मतदान केन्द्रमा सामग्री पुगिसक्नेछ ।’

सामग्री पुगेपछि मतदान केन्द्रको व्यवस्थापनमा कर्मचारीहरू लाग्ने उनले जनाए । मतदान केन्द्रमा पुग्ने मतदान अधिकृत र सहायक अधिकृत गोलाप्रथाबाट छानिएका छन् । जिल्लाका आधाजसो मतदानस्थल ‘संवेदनशील’ रहेपनि निर्वाचन भयरहित र शान्तिपूर्ण रूपले सम्पन्न हुने अपेक्षा गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए ।

सबै तस्बिर : भीम चापागाईं/इलाम, भद्र शर्मा/काठमाडौं

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App