नयाँ दिल्ली – मिस वर्ल्ड मानुषी चिल्लरले भारतीय क्रिकेट टिमको क्याप्टेन विराट कोहली माथि गरेको प्रश्नको जवाफ कोहलीले दिएका छन्।
चिल्लरले कोहलीलाई उनले युवामाथि दिएको योगदानबारे प्रश्न गरेकी थिइन् । करिब एक दशक अघि देखि नै अन्र्तराष्ट्रिय रुपमा नै खेल क्षेत्रमा ख्याती पाउन सफल कोहली भारतका मात्र नभई अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्ति हुन्।
कतिपय ठाँउमा कोहलीको आक्रमक शैलीले पनि उनलाई ख्याती पाउनका लागि सहयोग गरेको छ । भारत लगायतका अन्य देशमा समेत कतिपयले उनलाई प्रेरणाको स्रोतका रुपमा हेर्ने गर्दछन्।
आफूले पाएको अन्तर्राष्ट्रिय सफलताको पछाडि विश्वमा रहेका आफ्ना प्रशंसक तथा क्रिकेट रुचाउनेहरूप्रति तपाई के योगदान दिन सक्नुहुन्छ भन्दै चिल्लरले कोहलीलाई प्रश्न गरेकी थिइन् । उनको उक्त प्रश्नमा कोहलीले आफूले आफ्ना प्रशंसकहरू प्रति गरेको सम्पूर्ण काम हृदयदेखि नै गरेको हुनाले त्यो नै उल्लेखनीय योगदान हुने बताए ।
प्रकाशित: १८ मंसिर २०७४ ०६:१२ सोमबार