१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

लमजुङ– हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका पोल्देनछोपाङ गुरुङ  निवार्चित भएका छन् । नेपाली कांग्रेस उम्मेदवार पूर्व राज्यमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङलाई २ सय ८९ मत अन्तरले एमाले अध्यक्षसमेत रहेका छोपाङ निवार्चित भएका हुन् ।

विजयी छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । नेपालमै सबैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेको मतमा ४ हजार ३ सय २१ मत सदर र १६ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङ विजयी भएका छन् । गुरुङले १ हजार ४ सय १० मत प्राप्त गरी प्रदेश ‘ख’ बाट विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतलाई पराजित गरेका छन् । उनले १ हजार २० मत पाएका छन् । एमालेका तर्फबाट उम्मेदवारी दिएकी खाण्डा गुरुङले उम्मेदवारी फिर्ता लिएर गुरुङ (मनाङ्गे)लाई सघाए पछि उनी निर्वाचित भएका छन् । एमालेले राजीवलाई सर्वसम्मत् सिफारिस गरेसँगै त्यसको विरोध भएपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

मनाङ प्रदेश (क) मा माथिल्लो मनाङको नेस्याङ गाउ“पालिका र नारफू गाउ“पालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (क) मा २ हजार ४ सय ३६ मत खसेको छ । यसैविच, नेपाली काँग्रेसले प्रदेशसभा तर्फ मनाङबाट खाता खोलेको छ ।

कांग्रेसका उम्मेदवार चिन्तबहादुर घले प्रदेशसभा ‘ख’ मा विजयी भएका हुन् । उनले एमालेका धोर्जेडण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । औपचारिक घोषणा हुन बा“की रहेपनि कांग्रेसका घले निवार्चित भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निवार्चित भएको बताएका हुन्  । मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको छ । निवार्चित सबैलाई मुख्य निर्वाचन अधिकृत दिपक ढकालले विजयी भएको औपचारिक घोषणा गर्दै वधाई दिएका छन् ।

प्रकाशित: २२ मंसिर २०७४ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App