१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

                दाहाल बाम गठबन्धन र पाण्डे नेपाली काँग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन्। दाहाल पाण्डेभन्दा पाँच हजार ८८९ मतले अगाडी छन्। चितवन क्षेत्र नं. ३ मा कुल एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ ले मतदान गरेका थिए । शुक्रबार दिउँसो दुई बजेबाट गणना सुरु भएको हो । चितवन क्षेत्र नं. २ को प्रतिनिधि र प्रदेश सभा दुवैको अन्तिम परिणाम आइसकेको छ ।

                त्यस्तै क्षेत्र नं. १ को दुवै प्रदेश सभाको अन्तिम परिणाम आएको छ भने प्रतिनिधि सभाको गणना पनि अन्तिम चरणमा छ । तर क्षेत्र नं. ३ को प्रतिनिधि सभा र दुवै प्रदेश सभाको गणना जारी नै छ । प्रदेश सभा दुवैमा बाम गठबन्धनका उम्मेदवारहरु अगाडी छन् । तर प्रदेश सभाको क्षेत्र नं. १ मा तिब्र प्रतिस्पर्धा छ भने २ मा मतान्तर फराकिलो छ ।

                निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनसार चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ मा बाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलको १६ हजार २८६ मत आएको छ। त्यस्तै नेपाली काँग्रेसका दिनेश कोइरलाको १६ हजार १९ मत आएको छ । प्रदेश सभा २ मा बाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार रामलाल महतोको २० हजार ३५४ र नेपाली काँग्रेसका साजनकुमार महतोको १२ हजार ३४२ मत आएको छ ।

प्रकाशित: २४ मंसिर २०७४ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App