१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर-१ बाट विजयी नेमकिपा नेता प्रेम सुवाल

भक्तपुर— भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।

माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत पाई तेश्रो स्थान सुरक्षित गरे । यो क्षेत्रमा कुल ७१ हजार नौ सय १६ मत खसेको थियो। यो क्षेत्रमा २०४८ सालदेखि हालसम्म नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जित्दै आएका छन्। उनले २०४८, ०५१, ०५६, ०६४ र ०७० गरी पाँंच पटक जितेका हुन्।

यो पटक विजुक्छे नउठी यो क्षेत्रमा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदबार बनाइएको थियो। प्रदेश क मा संयुक्त बाम यता भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश सभा क चाँंगुनारायण नगरपालिका क्षेत्रमा भने संयुक्त बाम गठबन्धनका हरिशरण लामिछाने विजयी भएका छन् । लामिछाने १२ हजार सात सय ८९ मतका साथ विजयी भएका हुन्।

उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७४ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टीका निरज लवजू भने सात हजार १९ मतका साथ तेश्रो भए । तेव्वर मतले जित यता क्षेत्र नं १ प्रदेश सभा ख भक्तपुर नगरपालिका क्षेत्रमा भने नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाई तेव्वर मतका साथ विजयी भए । निकटम प्रतिद्धन्द्धी संयुक्त बाम गठबन्धनकातर्फबाट एमालेका रोमन शिलाकारले आठ हजार ६८ मत ल्याउँंदा गोसाईले २३ हजार आठ सय ८६ मत फराकिलो मतका साथ विजयी भए।

यो क्षेत्रमा नेपाली काँग्रेसका अनिल भुजुले पाँंच हजार चार सय ४३ मत पाएर तेश्रो भए । कांग्रेस शुन्यमा गएको चुनावमा भक्तपुर क्षेत्र नं २ विजयी हुँंदै आएको नेपाली कांग्रेस भने शुन्यमा झरेको छ। काँंग्रेसले जिल्लाको कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन। जिल्लामा दुई वटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश छन्।

प्रकाशित: २५ मंसिर २०७४ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App