‘सुपर मुन’मा खग्रास ग्रहण

आइतबार, ३० पुष २०७४, ०७ : ५८ मणि दाहाल  | @maninagarik


काठमाडाैँ – जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । 

अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् । 
चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो। 

पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ ।  चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ । जनवरी १ अर्थात् पुस १७ गते स्वस्थानी सुरु हुने पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७.३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ। 

माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात्  दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । साँझ ६ बजेर ३६ मिनेटमा  चन्द्रमा पूरै ढाकिने छ । यो क्रम १ घण्टा १६ मिनेटसम्म कायम रहने छ अर्थात् ७ बजेर ५२ मिनेटमा चन्द्र ग्रहण सकिनेछ । त्यसपछि विस्तारै ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने छ । खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ। 

‘ब्लु ब्लड मुन वा सुपर मुन भनेको वैज्ञानिक नाम होइन बोलिचालीको नाम हो । मानिसलाई बुझाउन र खगोलप्रति उत्सुकता जगाउन यस्तो नाम दिइएको हो,’ नेपाल खगोल समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने, ‘ग्रहणले खगोलप्रति चासो बढाउने छ भने विद्यार्थीले आफूले पढेको विषय व्यवहारमा हेर्न पाउँछन् । खगोलबारे जान्न खोज्नेका लागि यो सबैभन्दा राम्रो मौका हो ।’ 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र...

साली बन्दै मरिस्का

साली बन्दै मरिस्का

नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले...

‘शेरबहादुर हलिउडबाट प्रभावित’

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ । ...