१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

लन्डन– एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो ।

थप समयको २७औं मिनेटमा पेड्रो रोडरिग्वेजले दोस्रो पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सी अन्तिम मिनेटमा अल्भारो मोराटाले पनि रातो कार्डको दर्शन पाएपछि घरेलु टोलीले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।निर्धारित र थपिएको समयमा १–१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्केको थियो । पेनाल्टीमा चेल्सीका पाँचै खेलाडी गोल गर्न सफल हुँदा नर्विचका ३ खेलाडीले मात्र बललाई पोस्टको दिशा दिन सके ।

चेल्सीका गोलकिपर वेली कालाबारोले नर्विचका नेल्सन ओलिभियराको पहिलो पेनाल्टी प्रहार रोकेका थिए । चेल्सी अब पाँचाै चरण प्रवेशका लागि न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ । यस वर्ष चेल्सीले हात पारेको यो पहिलो जित हो । यसअघि सबैखाले प्रतियोगिताका ४ खेलमा चेल्सीले बराबरीमा चित्त बुझाएको थियो।
बर्नामाउथलाई ३–० ले पराजित गदै विगानले पनि चौथो चरणमा स्थान पक्का ग¥यो । नवौं मिनेटमा साम मोर्सेले गोल गर्दा विगानले अग्रता लिएको थियो ।खेल सकिन १७ मिनेटमा बाँकी हुँदा ड्यानियल बर्नले गोल गर्दैै विगानको अग्रता दोब्बर पारेका थिए । त्यसको ३ मिनेटपछि कालुम एल्डरले गोल गर्दै विगानको सहज जित पक्का गरेका थिए ।यता स्वान्सी सिटी वोल्भरह्याम्टन वान्डरर्सलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाउन सफल भयो ।

११औं मिनेटमा जोर्डन एयउले गरेको गोलमा स्वान्सीले अग्रता लिएको थियो । खेल सकिन २४ मिनेट बाँकी हुँदा डोगो जोटाले गोल गर्दा वान्डरर्स खेलमा फर्किएको थियो । त्यसको ३ मिनेटपछि वेल्फर्ड बोनीले गोल गर्दै स्वान्सीको अघिल्लो चरण प्रवेश पक्का गरेका थिए ।पेड्रो रोडरिग्वेजले दोस्रो पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सी अन्तिम मिनेटमा अल्भारो मोराटाले पनि रातो कार्डको दर्शन पाएपछि घरेलु टोलीले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

 

 

प्रकाशित: ५ माघ २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App