बिदेसिनेका व्यथा

मङ्गलबार, ०९ माघ २०७४, ०९ : ०९ सम्पादकीय


वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नेपालीले राष्ट्रिय अर्थतन्त्रलाई पु¥याएको योगदानबारे जसरी चर्चा हुने गरेको छ,  यसको सामाजिक मूल्यबारे त्यसरी छलफल गरिएको छैन । वैदेशिक रोजगारीबाट मुलुकलाई प्राप्त हुने विप्रेषणको दर घट्न थालिसकेको छ । यी सर्वसाधारणले देशका निम्ति भनेर आफ्नो रगत र पसिनाको कमाइ निरन्तर पठाएर असजिलो अवस्थामा पनि अर्थतन्त्रलाई जीवन्त तुल्याएका छन् । मुलुकमा लोकतन्त्र स्थापित भए पनि यहाँ रोजगारीको भरपर्दो व्यवस्था हुन सकेन । माओवादीले सुरु गरेको ‘जनयुद्ध’, त्यसपछिका राजनीतिक अनिश्चिय, भूकम्प र मुलुकभित्र नेतृत्व वर्गमा देखिएको अकर्मण्य आदिले अर्थ उपार्जनको बाटो सर्वसाधारण नेपालीले पहिल्याउन सकेनन् । त्यसपछि ‘थ्रिडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जरस (फोहोर, अप्ठ्यारो र खतरनाक) कामका गन्तव्यतिर जानुको विकल्प रहेन । यतिबेला करिब २५ लाख सर्वसाधारण नेपाली वैदेशिक रोजगारीमा छन् । श्रम स्वीकृति लिनेहरूको संख्या ४४ लाख पुगिसकेको छ । तर, वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूको अभिलेख नराखेका कारण विदेशमा रहनेहरूको यथार्थ तथ्यांक छैन । जेजति व्यक्ति वैदेशिक रोजगारीमा छन्, तिनका समस्या अनगिन्ती छन् । वैदेशिक रोजगारीले खराबमात्र गरेको छैन, राम्रा काम पनि धेरै भएका छन् । कैयन् नेपालीले विदेशमा गएर सीप सिकेर आएका छन् । त्यहाँको कमाइ स्वदेश ल्याएर जीवनस्तर सुधारेका छन् । छोराछोरीको पढाइलेखाइमा ध्यान दिएका छन् ।

वैदेशिक रोजगारीमा जानेका पीडा भने कल्पना गरेभन्दा धेरै छन् । घरपरिवार छाडेर लामो समय पराई भूमिका बस्दाको एक्लोपनको पीडा तिनले कमाएको प्रत्येक डलरमा छ।

वैदेशिक रोजगारीमा जानेका पीडा भने कल्पना गरेभन्दा धेरै छन् । घरपरिवार छाडेर लामो समय पराई भूमिका बस्दाको एक्लोपनको पीडा तिनले कमाएको प्रत्येक डलरमा छ । झापाबाट मलेसियामा कमाइ गर्न भनेर गएका कमलप्रसाद दवाडीको कुनै खुटखबर छैन । परिवार उनी फर्केर आउने कल्पना गर्दै रातोदिन बाटो हेरेर बसेका छन् । झापाकै गोविन्द विश्वकर्मा दलाललाई बुझाएको ८० हजार फिर्ता गराउन नसकेर पीडामा छन् । त्यही पीडामा उनकी पत्नीले आत्महत्या गरेपछिको अवस्था अझ कहालीलाग्दो छ । कुबेतमा रोजगारीका निम्ति पुगेकी झापाकै एक ३१ वर्षीया महिला अहिले मालिकका छोराले जबरजस्ती गरेपछि जन्मेको सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन भनेर प्रश्न गरिरहेकी छन् । वैदेशिक रोजगारीले सिर्जना गरेका यी प्रतिनिधि घटनामात्र हुन् । यसले कतिपयको पारिवारिक विघटनसमेत गराएको छ । कैयन्का परिवार बिछोडिएका छन् । कतिले विदेशबाट कमाएर पठाएको रकम यहाँ बस्नेले खाइदिएका घटना पनि छन् । राम्रो हुने पनि छन् । तर, धेरैले दुःख पाएका छन् । मुलुकले वैदेशिक रोजगारीमा पठाउँदा व्यवस्थित गर्नेतर्फ कहिल्यै ध्यान दिएन । दक्षता हासिल गरेका व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउँदा सरकारले  निगरानी गरेको भए स्थिति अहिलेजस्तो हुने थिएन । त्यसो त यसका निम्ति सरकारले वैदेशिक रोजगार विभागलाई जिम्मेवारी दिएको छ । तर त्यसले भरपर्दो गरी काम गर्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनी र सरकारी कर्मचारीबीचको गठबन्धनले यसमा रहेका विकृति निराकरण गर्न दिएको छैन।

वैदेशिक रोजगारीका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको ठान्ने गरिए पनि यसका विकृतिबारे सरकारको ध्यान पुग्न सकेको महसुस भएको छैन । अन्य कतिपय मुलुकले रोजगारीमा पठाउँदा पनि तिनका निम्ति आवश्यक बन्दोबस्तमा ध्यान पु¥याएको देखिन्छ । हामीकहाँ पनि वैदेशिक रोजगारीमा जानेका निम्ति भनेर अनेकन् प्रबन्ध गरिएको छ । त्यसमा देखिएका समस्या समाधानका लागि भनेर अध्ययन, भ्रमण आदि भएका छन् । तर, विषम परिस्थितिमा सुधार आउन सकेको छैन । हुँदाहुँदा रोजगारीमा जानेको संख्या घट्ने र त्यहाँबाट आउने रकमसमेत कम हुन थालेको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा वैदेशिक रोजगारीबाट आएको विप्रेषण ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको भदौ र कात्तिकमा भने यो रकम घटेको छ । उदाहरणका लागि गत वर्ष भदौमा ६२ अर्ब ७९ करोड रुपैयाँ आएकोमा यो वर्ष भदौमा ५९ अर्ब ९९ करोड रुपैयाँमात्र आएको छ । एकातिर मुलुक संघीयतामा गएका कारण खर्चका शीर्षक बढिरहेका छन् । नयाँ पद्धति बसाल्नका निम्ति गर्नुपर्ने साधारण खर्च अथाह छ । अर्कोतिर मुलुकको ढुकुटीमा आउने रकम क्रमशः घट्ने संकेत देखिन थालेका छन् । त्यतिमात्र होइन, मुलुकको व्यापार घाटाको अन्तर अत्यन्तै ठूलो छ । निर्यातयोग्य वस्तु नभएका कारण मानवश्रमबाटै मुलुकका निम्ति मूल्यवान् विप्रेषण प्राप्त भइरहेको छ । मुलुकका निम्ति दिगो आम्दानीको स्रोतमा ध्यान नदिने र देशबाट निर्यात गर्ने वस्तु नबढाउने हो भने मुलुकमा आर्थिक संकट आउन सक्नेछ । बिदेसिनेका व्यथाभित्र लुकेको यो आर्थिक पक्षमा सरकारको समयमै ध्यान जानु जरुरी छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...