१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अल्बानियाको सान

लिले, ७ असार । स्विट्जरल्यान्डसँग आइतबार राति गोलरहित बराबरी नतिजा निकाल्दै युरोपियन च्याम्पियनसिपको आयोजक फ्रान्सलेसमूह ‘ए’ बाट विजेता हुँदै नकआउट चरणसुरक्षित गर्दा अल्बानियाले प्रतियोगितामा ऐतिहासिक जित पाएको छ ।
पहिलोपल्ट युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाइरहेको अल्बानियाले समूह चरणको आफ्नो अन्तिम खेलमा रोमानियामाथि १–० को विजय पायो । आइतबार एकै समयमा समूहका दुई खेल हुँदा लियोनमा अल्बानियाले अर्मान्डो साडिकुको गोलमा विजय पाएको हो । अल्बानियाका लागि कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो जित थियो ।
पहिलो दुई खेलमा पराजय भोगेको अल्बानिया यो जितपछि अन्तिम १६ पुग्ने आशा जीवित राख्न सफल भएको छ । फ्रान्स विजेता तथा स्विट्जरल्यान्ड उपविजेता भएर  नकआउट चरण पुगिसकेको अवस्थामा अल्बानियासामु तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीमा पर्ने सम्भावना छ । त्यसका लागि टोलीले सबै समूहका खेल सकिएसम्म कुर्नुपर्नेछ ।
पहिलो दुई खेल जितेर यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको डिडियर डेसच्याम्पसको फ्रान्सले अन्तिम खेलमा अपेक्षाविपरीत कमजोर प्रदर्शन ग¥यो । स्विट्जरल्यान्डले भने बराबरीपछि ५ अंकसाथ पहिलोपटक युरोको नकआउट चरण सुरक्षित गरको हो ।
फ्रान्सका प्रशिक्षक डेसच्याम्पसले भने, ‘हामीले मौका पाएका थियौं । तर,दुईपटकका खतरनाक प्रहार बारमा लाग्दा हामी निराश हुनुप¥यो । तथापिहामी समूह विजेता भएर अगाडि बढेका छौं । हाम्रो पहिलो उद्देश्य त्यही थियो, त्यो पूरा भएकोमा हामी उत्साही छौं ।’
बुधबार अल्बानियालाई हराएको खेलमा युभेन्ट्सका स्टार पाउल पोग्बाको प्रदर्शन आलोचनाको घेरामा परेको थियो । कमजोर व्यक्तिगत प्रदर्शनबाट निराश भइरहेका पोग्बाले टोलीबाट गोल भएपछि अभद्र शैली देखाएका थिए ।  तर, आइतबार भने उनको प्रदर्शन प्रशिक्षकको अपेक्षाअनुसारकै थियो । विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राखेका पोग्बाका मात्र झन्डै आधा दर्जन प्रहार आइतबार सफल भएन । तीमध्ये उनले २५ यार्डबाट गरेको खतरनाक प्रहार स्विट्जरल्यान्डका गोलकिपर यानन सोममिरले असफल पारे भने उनको अर्को त्यस्तै प्रहार क्रसबारमा लागेर बाहिरियो । पहिलो दुई खेल बेन्चबाट सुरु गरेका पोग्बा आइतबार भने पहिलो रोजाइमा थिए ।
‘आइतबारबाट नयाँ प्रतिस्पर्धा सुरु हुनेछ । हामीसँग त्यसको तयारीलाई एक साताको समय छ । यो समयको सदुपयोग गर्दै हामी नकआउट चरणका लागि तयार हुनेछौं,’ डेसच्याम्पसले भने ।
समूह चरणको पहिलो खेलमा रोमानियालाई २–१ ले हराएको फ्रान्सले दोस्रो खेलमा अल्बानियामाथि २–० को नतिजा निकालेको थियो । फ्रान्सले जुन २६ मा हुने अन्तिम १६ को खेलमा समूह ‘सी’, ‘डी’ वा ‘ई’ को तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै स्विट्जरल्यान्डले जर्मनी, पोल्यान्ड रउत्तरी आयरल्यान्डमध्ये एकसँग जुन २५ मा सेन्ट इटेनमा प्रतिस्पर्धा गर्नेछ ।
स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले आगामी खेलमा थप सुधार आवश्यक रहेको बताए । ‘हामी अहिले प्रतीक्षाको अवस्थामा छौं । अझैसम्म नकआउट चरणमा हामीले कोसँग खेल्ने भन्ने पक्का भइसकेको छैन,’ पेट्कोभिचले भने, ‘तर, हामी विपक्षी जो भए पनि नकआउट चरणका लागि तयार छौं  । हामी राम्रो लयमा छौं । बलियो प्रतिद्वन्द्वीसँग खेल्दा हामीले आफ्नो लय कायम राख्नुपर्नेछ । हामीसँग सुधार गर्न अझै केही समय बाँकी छ ।’
पहिलोपटक युरोपिनय च्याम्पियनसिप खेलेको अल्बानिया पहिलो दुई खेलमा लगातार हार भोगेपछि प्रतियोगिताबाट बाहिरिने करिब पक्का भइसकेको थियो । तर, लियोनमा एफसी जुरिचका स्ट्राइकर साडिकुले गोल गरेपछि अल्बानिया इतिहास रच्न सफल भयो । उनले खेलको ४३औं मिनेटमा लेडियनन मिमुसाजको क्रसमा हेड गोल गरे । मध्यान्तर हुन दुई मिनेट बाँकी भएको बेला उनले गरेको हेड रोमानियाका गोलकिपर सिप्रियन टाटारुसानुको माथिबाट गएको थियो । जुन ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अल्बानियाको पहिलो गोल थियो ।

प्रकाशित: ७ असार २०७३ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App