२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाको गतिलो जबाफ

बंगलादेशविरुद्ध शतक बनाएपछि श्रीलंकाका धनञ्जय डी सिल्भा । तस्बिर : एएफपी

चित्तागोङ – धनञ्जय डी सिल्भाले शतक प्रहार गर्दै दोस्रो विकेटका लागि कुशल मेन्डिससँग अविजित १ सय ८७ रनको साझेदारी गरेपछि श्रीलंकाले बिहीबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

दोस्रो दिनको खेल समाप्तिमा श्रीलंका १८७–१ मा खेलिरहेको छ । डी सिल्भा १ सय ४ र मेन्डिस ८३ रनमा खेलिरहेका छन् । श्रीलंका अझै ३ सय २६ रनले पछि छ । १ सय २७ बल खेलेका डी सिल्भाले १५ चौका प्रहार गर्दा १ सय ५२ बलको सामना गरेका मेन्डिसले ६ चौका र १ छक्का प्रहार गरे । १ रन जोड्दा ओपनर दिमुथ करुणारत्ने (०) लाई गुमाएपछि सुरुआती दबाबमा परेको श्रीलंकाको इनिङ डी सिल्भा र मेन्डिसले उकासेका थिए । करुणारत्नेलाई स्पिनर मेहली हसनले इमरुल कायसबाट क्याच गराएका थिए।

बंगलादेशले मेन्डिसविरुद्ध दुई रिभ्यु खेर फाल्नुका साथै उनको दुईवटा क्याचसमेत छोडेको थियो । ४ रनमा खेल्दा मेहदीले मुस्ताफिजुर रहमानको बलमा क्याच छोड्दा जीवनदान पाएका मेन्डिसले ५७ रनमा खेल्दा मेहदीको बलमा कायसले क्याच छोड्दा दोस्रो पटक जीवनदान पाए।

यसअघि स्पिनर रंगना हेराथ र सुरंगा लकमलले समान ३÷३ विकेट लिएपछि बंगलादेश पहिलो इनिङमा ५ सय १३ रनमा सीमित भएको थियो । ३७४–४ बाट दोस्रो दिनको खेल सुरु गरेको बंगलादेशले थप १ सय ३९ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो।

पहिलो दिन १ सय ७५ रनमा खेलिरहेका मोमिनुल हकले दोस्रो दिन थप एक रन मात्र जोड्न सके । मोमिनुललाई तेस्रो ओभरमा हेराथले मेन्डिसबाट क्याच गराएका थिए । त्यसपछि ब्याटिङका लागि आएका मोसाडिक हुसेनले ८ र मेहदीले २० रन मात्र जोडे । हुसेनलाई हेराथले लक्षण सन्दकनबाट क्याच गराउँदा मेहदीलाई विकेटकिपर निरोसान डिकबेलाले रन आउट गरेका थिए।

मोहम्दुल्लाह रियादले आठौं विकेटका लागि सुनजामु इस्लामसँग ५८ रनको साझेदारी गर्दैै बंगलादेशको इनिङ अघि बढाएका थिए ।
मोहमदुल्लाहले अविजित ८३ र इस्लामले २४ रन जोडे । १ सय ७४ बल खेलेका मोहम्दुल्लाहले ७ चौका र २ छक्का प्रहार गरे।

 

प्रकाशित: १९ माघ २०७४ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App