१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मनोलय–४

निर्मली रजले मैलो पानीको धुन्छ जस्तरी ।
विद्वान्ले मन आत्मामा राखी धुन्छ त्यसै गरी ।।

चित्त नै जान संसार यो नै शास्त्र बताउँछ ।
हावाले वृक्षझैँ देह चित्तले नै चलाउँछ ।।

थिचेर हात हातैले बजाई दाँत दाँतले ।
अङ्गले अङ्ग पक्रेर चित्त यो जित चित्तले ।।

चित्त जो जित्न सक्दैन मन्परी हिँड्न चाहने ।
गरेन ध्यानको धाक मूर्ख लाज नमानने ।।

मनोरूपी देवता नै जितेमा सिद्धिदायक ।
नजितेमा दुःखदायी साधना व्यर्थ बन्दछ ।।

क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App