१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मंगलटारमा बर्थिङ सेन्टर

खोटाङ– सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको हो। 

सुत्केरी गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधि, कोठालगायत व्यवस्थापछि मंगलटारमा सुरु गरिएको बर्थिङ सेन्टरको उद्घाटन मेयर इवन राईले उदघाटन गरेका हुन्। गर्भवती जाँच एवं गाउँमै सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर स्थापना भएको मेयर राईले बताए। 

हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्यक्षेत्रका लागि विनियोजन गरेको बजेटबाट मंगलटार स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईले बताइन् । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि ११ वटा वडा रहेको नगरपालिकाभित्रका सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिकाले बर्थिङ सेन्टर स्थापना गरिरहेको छ । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । नगरपालिकाको बाहुनीडाँडा, बडहरे र सल्लेमा पनि बर्थिङ सेन्टर सुरु गरिएको नगरपालिकाले जनाएको छ । अन्य वडामा भने यसअघि नै बर्थिङ सेन्टर स्थापना भइसकेको छ। 
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App