१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिना दिन पुग्दासमेत रोकिएन सदरमुकाम आन्दोलन

सदरमुकामको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयहरु। तस्वीर : नागरिक

रुकुम – सदरमुकामको माग गर्दै गरिएको आन्दोलन शुक्रबार ठिक एक महिना पुगेको छ। माघ ११ गते राती शेरवहादुर देउवा नेतृत्वको सरकारले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गोलखाडामा बनाउने निर्णय गरेपछि सोही दिन राती देखी नै रुकुमकोटवासीहरु आन्दोलित भएका थिए।

सदरमुकाम रुकुमकोटमा कायम नहुँदासम्म आन्दोलन जारी रहने यहाँका अगुवा मदन शाहले बताए। ‘उपयुक्त ठाउँ हुँदा हुँदै सरकारले राजनीति स्वार्थका कारण सदरमुकाम गोलखाडा बनाउने निर्णय ग¥र्याे’ उनले भने, ‘यो यहाँका जनताका लागि न्यायोचित निर्णय हैन्।’ सरकारले तत्काल उक्त निर्णयलाई खारेज गर्नुपर्ने उनको भनाई छ।

सुरुको समयमा चर्काे रुप लिएको आन्दोलन हाल परिमार्जित गरिएको छ। ११ गते राती देखी यहाँका सर्वसाधारणहरुले यातायात, बजार, सरकारी तथा गैर सरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द गरेका थिए । त्यस्तै रुकुमकोटमा आउने नाकाहरु बन्द गरिएको थियो। जसले गर्दा जनजीवन कष्टकर थियो। अहिले आन्दोलन खुकलो बनेपछि जनजीवन सामान्य बनेको छ।

हाल उक्त सबै आन्दोलनका कार्यक्रमहरु खुकुलो छ। बजार, यातायात,सञ्चालनमा छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्ण रुपमा खुल्ला छन्। प्रशासनका दैनिकजसो यहाँका सर्वसाधारणहरुले धर्ना दिइरहेका छन्। जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा लगाइएको कालो झण्डा निकालिएको छैन्। यो विषय सर्वाेच्च सम्म पुगेको छ। माघ २८ गते वाट पेशी सरेर फागुन ८ गतेका लागि लागि पुनः पेशी स¥र्याे। ८ गतेवाट पुनः २५ गते पेशी सारिएको छ।

भौगोलिक भन्दा बहुसंख्यक जनताको पायक पर्ने ठाउँमा सदरमुकाम हुनुपर्ने यहाँका केबेन्द्र गौतमको भनाई छ। यति लामो आन्दोलन गरिरहँदा पनि निर्णय टुंगोमा नलाग्नु दुखद् भएको उनले बताए। यदि रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोट कायम नभए कडा संघर्षमा उत्रने यहाँका वासिन्दाहरुको भनाई छ। तत्काल गोलखाडामा सदरमुकामका लागि संरचना नभएको र भौगोलिक विकटता हुँदा गोलखाडा रुकुम (पूर्व) को सदरमुकाम हुन नसक्ने यहाँका वासिन्दाहरुको भनाई छ। यो आन्दोलन रुकुमकोटको मात्र नभएर रुकुम (पूर्व) पश्चिम क्षेत्रको आन्दोलन भएको यहाँका पुर्णजंग शाहले बताए।

 

प्रकाशित: ११ फाल्गुन २०७४ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App